काठमाडौंमा सुरु भएको तेस्रो राष्ट्रिय लघुवित सदस्य सम्मेलनमा बोल्दै नेपाल राष्ट्र बैंककी कायम मुकायम गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले बैकिङ प्रणालीमा तरलताको चाप कायम रहेकाले केही समय धैर्य गर्नु पर्ने बताईन ।। ढुंगानाले लघुवित तथा समग्र बैंकिङ क्षेत्र नै तरलताको चापबाट गुज्रिरहेकाले सबैले केही समय धैर्य गर्नु पर्ने उल्लेख गरिन ।
बैंकिङ क्षेत्र मात्रै नभएर लघुवित्तमा समेत तरलता र ब्याजदरको समस्या रहेको भन्दै उनले ब्याजदरमा आएको उतारचढाबको कारण समग्र अर्थतन्त्र तलमाथी भएको जनाईन । उनले व्यापार चक्रको पनि साइकल हुने भएकाले विस्तारै सबै कुरामा सुधार आउँदै जाने बताइन् ।
नेपालको गरिबी निवारण तथा वित्तीय पँहुच भन्दा बाहिर रहेका जनसख्याको २० प्रतिशत समुदायलाई लघुवित संस्थाहरु प्रभावकारी साधन भएको उनको भनाई छ । समावेशी आर्थिक विकासका लागि भएका नेपालमा भएका विभिन्न प्रयासका बाबजुत नेपालको कुल जनसख्याको १८ प्रतिशत हिसा अझै पनि गरिबीको रेखामुनि रहेको उनले उल्लेख गरिन ।