नेपाल बैंकर्स संघले गाडीसहित अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्ने निर्णय गरेको छ । आज बसेको संघको बैठकले अत्वाश्यक वस्तु बाहेकमा एलसी नखोल्ने निर्णय गरेका हो । नेपाल राष्ट्र बैंकले पनि केही दिन अगाडि हामीहरूलाई बोलाएर नै अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्न निर्देशन दिएको थियो, सोही निर्देशन अनुसार सरकारलाई सहयोग गर्न एलसी खोल्न रोक लगाएको संघले जनाएको छ ।
संघले निजी गाडी,चिनी, चकलेट, चुइगम, ड्राई फूड, फर्निचर, चुरोट, रक्सी, सजावटका सामग्री, पर्फ्यूम, काठका सामग्री, मोबाइललगायत सामाग्री आयातका लागि प्रतितपत्र एलसी नखोल्ने निर्णय गरेको छ । यसअघि राष्ट्र बैंकले विभिन्न वस्तु आयातमा कडाइ गरेको थियो । ती वस्तुको आयातमा राष्ट्र बैंकले शतप्रतिशत मार्जिनको व्यवस्था गरेको थियो ।