
–लोकनारायण सुबेदी
प्रसिद्ध नोबेल पुरस्कारले सम्मानित अर्थशास्त्री क्रुगम्यानले भनेका छन् – ‘क्रिप्टो करेन्सी एउटा पानीको फोका जस्तै हो, एउटा खराबीहो, अन्तर ब्यापार हो जुन प्रचलित बित्त ब्यवस्थाकालागि खतरा हो’ । बैंक अफ इण्टरनेशनल सेटलमेण्टले ४ बर्ष अघि २०१८ मा नै खबरदारी गरेको थियो कि यो क्रिप्टो करेन्सी पानीको थोपाको त्यस्तो समूहजस्तै एउटा धोकापूर्ण योजनाहो । फाइनेन्सियल एक्शन टास्कफोर्सका अनुसार यस क्रिप्टो करेन्सीको उपयोग ‘मनिलण्डरिरङ्ग र टेररिस्ट फण्डिङ्ग’का लागि पनि गरिन सक्छ । तर यस क्रिप्टो करेन्सीका पक्षधरहरुले यसलाई ‘चम्किदो सुन’ र ‘जादुगरी मुद्रा’को संज्ञा पनि दिइराखेका छन् र यसलाई अघि बढाइराखेका पनि छन् ।
हुन पनि क्रिप्टो करेन्सी एउटा छद्म निराकार मुद्रा हो जसलाई न त गोजीमा राख्न सकिन्छ, न त कन्तुरमा राख्न सकिन्छ न त बैंकहरुको लकरमा नै यसलाई राख्न सकिन्छ । यो त इण्टरनेटमा कम्प्यूटर या मोबाइलको वालेटमा स्टोर हुन्छ त्यसको ‘की कोड’ पनि जसले राखेको छ उसलाई मात्र त्यसका बारेमा थाहा हुन्छ । यो मुद्रा बिकेन्द्रित हुन्छ, जसको पछाडि कुनै केन्द्रिय अधिकारी हुँदैन, न त कुनै अधिकारको अनुमति नै हुने गर्दछ । यसलाई बनाउन ‘ब्ल्याक चेन टेक्नोलोजी’को उपयोग गर्ने गरिन्छ । यस सन्दर्भमा ‘बिटक्वाइन’लाई सबैभन्दा पुरानो ‘क्रिप्टो करेन्सी’मान्न सकिन्छ । यसको प्रचलन आजभन्दा १३ बर्ष पहिला२००९ देखिनै भएको थियो । यो क्रिप्टो करेन्सीले ५० प्रतिशत जतिबजार आफ्नो परिधिमा लिइसककेको जानकारहरु उल्लेख गर्छन् । यस करेन्सीमा मानिसहरुले आफ्न ैजिम्मेवारीमा लगानी गर्दछन् । त्यसले गर्दा पैसा डुबेमा उनीहरुले कुनै दाबी गर्न सक्तैनन् ।
यो क्रिप्टो करेन्सीको मूल्य घट्ने बढ्ने गरिरहन्छ । कतिकति बेला तीब्ररुपमामाथि चढ्ने गर्दछ या तलझर्ने गर्दछ । ५ बर्ष अघि २०१७ मा बिटक्वाइनको मूल्य १,६०० जतिथियो नोभेमबर २०२१ मा यो बढेर ११०४०० पुग्यो । यतिबेला भने ५६००० जति रहेको बताइएको छ । बिटक्वाइनका अतिरिक्त ‘एथेरियम’, ‘कार्डानो’, ‘बिन्सक्वाइन’, ‘एभलाञ्ची’तथा‘डोजक्वाइन’ यस्ता ठूला क्रिप्टो करेन्सीहरु हुन्, जसको मूल्यमा ४००प्रतिशतदेखि २,९०० प्रतिशतसम्म बढेको देखिएको अर्थ–अध्येताहरु उल्लेख गर्दछन् । एक किसिमले भन्ने हो भने यो ठूलो जुवा हो जसमा चलाख खेलाडीहरुले पैसा जम्मा गर्दछन्भने बाँकी वाल्ल परेर हेरेको हेरेकै पनि हुन्छन् । ठूला उद्योगपतिहरुले पनि यसबाट ठूलो नाफा कमाउने गर्दछन् ।
क्रिप्टो करेन्सीको चलन जत्तिको तीब्रतापूर्बक भयो त्यत्तिकै तीब्रताकासाथ घोटालाहरु पनि आज हुनथालेका छन् । कयौं वेभसाइडहरु नक्कली छन् जसले लगानीकर्ताहरुलाई आकर्षित गर्ने गर्दछन् र तिनको पैसा लिएर चम्पत हुने पनि गर्दछन् । भनिन्छ कि २०२१ मा ९६ लाखभन्दा बढी मानिसहरुले यस्ता वेभसाइडहरुबाट धोका पाइसकेका छन् । भारतको केरलमा ९०० मानिसले‘मारिस क्वाइन’धोकाधडीमा १९,२०० करोड पूँजीगुमाएको बताइएको छ । ‘चेन एनालिसिस’को रिपार्ट अनुसार २०२१मा भारतमा क्रिप्टो करेन्सी घोटालाबाट लगानीकर्ताहरुको ९ लाख २८ हजार करोड भन्दा बढी पैसा डुबेको उल्लेख छ ।
यसमा एउटा के मान्यता बिकसित गरिएको छ भने मानिसले जुन करेन्सीलाई मान्दछ् त्यही मूल्यहो, चाहे त्यो अप्रत्यक्ष नै किन नहोस् । यो क्रिप्टो करेन्सी बिश्वको बित्त ब्यवस्थामा नयाँ प्रयोग हो, जुन बिकिसत टेक्नोलोजीको देन हो भनेर मानिन्छ । यो कुनै सरकार या सरकारी बैंकद्वारा मान्य संस्थाद्वारा प्रसारित हुदैन न यसमाथि कसैको नियन्त्रण नै रहेको हुन्छ । यसको प्रसारण गर्ने को हा ेकुनै अत्तो पत्तो, नामनिशाना र ठेगाना केही हुँदैन जससँग यसको मूल्य माग्न सकियोस् । त्यसैले पनि यसलाई निराकार भनिएको हो ।

क्यानाडमा करका लागि यसलाई बस्तुकारुपमा मान्यता दिइएको छ । यूजर्सले यसको बिनिमयको रिपोर्ट सरकारलाई दिनुपर्ने नियम छ । क्रिप्टो करेन्सी आदान–प्रदानलाई मनी सर्भिस बिजनेसकोरुपमा मान्यतादिने गरिएको छ । अमेरिकाम ापनि यस्तै मनि बिजनेसको मान्यता यसलाई दिने गरिएको छ । १६००० डलरभन्दामाथिको लेनदेनको रिपोर्ट उनीहरुले यूएस ट्रेजरीलाई दिनुपर्ने शर्त रहेको छ । यूरोपेली यूनियनले पनि क्रिप्टो करेन्सीलाई सम्पत्तिकोरुपमा मान्यता दिएको छ । तर यसलाई लिगल टेण्डर भने मानेको छैन । अनि बैंकहरु र नागरिकहरुलाई पनि यसको खतराका बारेमा जानकारी गराइएको छ ।
उता अस्ट्रेलियामा पनि यो क्रिप्टो करेन्सीलाई फाइनान्सियल एसेटकारुपमा मान्यता प्राप्त छ तर यसको बिनियम भने करारोपणयोग्य छ । भारतमा भने यो क्रिप्टो करेन्सीलाई सरकारी मान्यता प्राप्त भएको छैन तर यसलाई गैर कानुनी पनि मानिएको छैन । यसको लेनदेनबाट भएको मुनाफमा३० प्रतिशत कर दिनुपर्ने हुन्छ । यद्यपि भारतको रिजर्भ बैंकका गभर्नर शक्तिकान्त दास भने यो क्रिप्टो करेन्सीलाई अर्थब्यवस्था र बित्तिय ब्यबस्थाकालागि खतरा मान्ने गर्दछन् । भारतमा २०१८ मा रिजर्भ बैंकले क्रिप्टो करेन्सीलाई प्रतिबन्धै लगाइदिएको थियो । भारतको एउटा उच्च स्तरीय सरकारी समितिले २८ फेब्रुअरी २०१८ मा आफ्नो प्रतिबेदनमा के सुझावदिएको थियो भने यो क्रिप्टो करेन्सीलाई भारतमा प्रतिबन्ध लगाइनु पर्दछ ।
यस सम्वन्धमा भारतमा एउटा बिधेयकको मस्यौदा पनि तयार गरिएको थियो र त्यसमा पनि नीजी क्रिप्टो करेन्सीलाई प्रतिबन्ध लगाउने, भारतीय रिजर्भ बैंकद्वारा क्रिप्टो करेन्सी प्रकाशित गर्ने र त्यस सम्वन्धि प्रबिधिबिक सित सम्बन्धन गर्ने प्रावधान पनि औंल्याइएको थियो । यद्यपित्यो बिधेयक अहिलेसम्म संसदमा भने नपुगेको बताइएको छ ।
ज्ञाताहरु भनिरहेका छन् कि भारत जस्ता बिकसित देशमा यो क्रिप्टो करेन्सी बित्तीय अस्थिरताको कारण बन्न सक्छ । लगानीकर्ताहरुलाई रंगीन सपना देखाएर धोकापूर्बक क्रिप्टो करेन्सीमा लगानीबाट नोक्सान उठाउन परेको एउटा मुद्दामाभारतमा २०१९ मा नै भारतको सर्बोच्च न्यायालयले अभियुक्तहरुलाई धरौटी त दिएको थियो तर त्यसमा के भनिएको थियो भने रिजर्भ बैंक अफ इण्डियाले जुनप्रतिबन्ध अप्रिल २०१८ मा लगाइएको थियो त्यो बैंकको अधिकार क्षेत्रमा आउँदछ र अभियुक्तहरुलाई निर्देशन दिइएको थियो कि उनीहरुले छानबिनमा सहयोग गरुन् ।
तर मोबाइल एशोसिएशन अफ इण्डिया र आरबीआई मुद्दामा सर्बोच्च अदालतले रिजर्भ बैंक अफ इण्डियाको अप्रिल २०१८ को परिपत्रलाई भने निरस्त गरिदिएको थियो । अदालतले के भनेको थियो भने क्रिप्टो करेन्सी एक्सचेञ्जहरुको बिरुद्ध अनियमिततालाई आरबीआईले साबित गरेन न उसले क्रिप्टो करेन्सीको अनलाईन ट्रेण्डिङ्गको नै कुनै बिकल्प सुझाएको थियो । हुन त अदालतले निबेदकहरुको के दलील मानेको थिएन भने क्रिप्टो करेन्सीको लेनदेन प्रतिबन्ध ट्रेण्डिङ्ग गर्नु संबैधानिक अधिकारको धारा १९(१)(जी)को उल्लंघन हो । त्यसरी नै भारतको उच्चअदालतले फेब्रुअरी २०२२ मा क्रिप्टो करेन्सीको कानुनी बैधतालाई लिएर केन्द्र सरकारलाई स्थिति स्पष्ट पार्न भनेको छ ।
क्रिप्टो करेन्सीको चलनबाट जुन खतरा छ, त्यसको उपेक्षा गर्न सकिदैन । भारतको आरआईबीले उठाएको सन्देहको निराकरण भएको देखिदैन । यस करेन्सीलाई कानुनी मान्यता(लिगल टेण्डर)कोरुपमा दिइनु हुँदैन,यद्यपि सम्पत्तिकोरुपमा मान्यता दिन सकिन्छ भन्ने अन्य देशमा पनि प्रचलन रहेको छ । यसको लेनदेनबाट आमदानीमा धेरै कर लगाउने आवश्यकता रहेको पनि बताइदैछ । भारत सरकारले ३० प्रतिशत कर लगाएको छ जुन अझै कम छ भनिएको छ ।थप के पनि भनिदै आएको पाइन्छ भने जनहितमा यसको चलनलाई हतोत्साहित गरिनु पर्दछ ।अनि क्रिप्टो करेन्सी आदान–प्रदानकालागि दर्ता अनिवार्य गरिनु पर्दछ र यसलाई कानुनी दायरामा ल्याइनु पर्दछ। यसरी लगानीकर्तालाई धोकामुक्त रखिनु पर्दछ भन्ने पनि कुरा जोडदाररुपमा उठिरहेको छ ।