लोकनारायण सुवेदी
नेपालमा कम्युनिष्ट आन्दोलनको बिकासको निमित्त पृष्ठभूमि निर्माण गर्ने र कम्युनिष्ट आन्दोलनको आरम्भ, बिकास र बिस्तार गर्ने कार्यमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव एवं मार्गदर्शक कमरेड पुष्पलालको अग्रणी र सर्वोच्च स्थान रहेको छ । कम्युनिष्ट आन्दोलनमा उहाका सर्वाधिक महत्वपूर्ण योगदानहरु रहेका छन् । वास्तवमा नेपालमा कम्युनिष्ट पार्टीको गर्भाधान, जन्म, बिकास र समृद्धिका निमित्त क. पुष्पलालका महत्वपूर्ण र मौलिक अवधारणाहरु छन् । ती अबधारणाहरु नेपाली समाजलाई आमूल र अग्रगामी सामाजिक परिवर्तनको दिशाबोध गराउने बिश्वको क्रान्तिकारी दर्शन, बिचार, सिद्धान्त अर्थात मार्क्सबाद –लेनिनवाद तथा माओ बिचारधारामा आधारित नेपालको बिशिष्ठ भौतिक परिस्थिति अनुरुपका अवधारणाहरु हुन् र नेपालको कम्युनिष्ट आन्दोलनको बिकास र समृद्धि तथा आमूल अग्रगामी परिवर्तनका निमित्त अपरिहार्य पनि । त्यसैले देशमा राजतन्त्र लगायत सामन्तबादलाई समूल नष्ट गर्ने र गणतन्त्र तथा जन गणतन्त्रको उद्घोष गर्ने तथा सर्वप्रथम संबिधान सभाको बिषयलाई संस्थागत किसिमले जोडदार रुपमा उठाउने र त्यसको लागि संघर्षको आरम्भ गर्ने जुन कदमहरु नेपाल कम्युनिष्ट पार्टीको तर्फवाट क. पुष्पलालले अघि सार्नु भयो तिनका बारेमा आजको नेपालको परिवर्तित राजनीतिक सन्दर्भ र परिप्रेक्षमा सही किसिमले चर्चा परिचर्चा गर्नु र तिनको आवश्यकता र सान्दर्भिकता औल्याउनु तथा प्रष्ट पार्नु नेपालको जन आन्दोलन र खाशगरी कम्युनिष्ट आन्दोलनलाई सही दिशा र गति दिनका निम्ति आवश्यक, समयोचित एवं उपयोगी हुने कुरा निश्चित छ ।
क. पुष्पललाका ती ऐतिहासिक महत्वका आधारभूत अबधारणाहरुमा पनि खाशगरी नेपाली कम्युनिष्ट आन्दोलनको कार्यक्रम र त्यसलाई प्राप्त गर्ने नेपाली जन आन्दोलनको दिशाको निर्धारण तथा त्यसका लागि संयुक्त जन आन्दोलन, बामपन्थी एकता र संयुक्त मोर्चाको सवाल, राष्ट्रियता, जनतन्त्र र जनजीवीकाको प्रश्न, समकालीन विश्व परिस्थितिमा पूँजीवादी बर्गको चरित्र र भूमिका तथा सर्वहारा अन्तर्राष्ट्रबादी निष्ठा जस्ता सर्वाधिक महत्वपूर्ण कुराहरुलाई सबैभन्दा प्रखररुपमा औल्याउन सकिन्छ । सिद्धान्त, संगठन र संघर्षका त्रि–आयामिक एबं परिपुरक पक्षहरुलाई समायोजन गर्दै कम्युनिष्ट आन्दोलन अघि बढाउने क्रममा उहाले वास्तवमा यी महत्वपूर्ण अबधारणाहरुलाई आफ्नो जीवनपर्यन्त निरन्तर संरक्षण तथा सम्वद्र्धन गर्दै आउनु भएको थियो । बस्तुतः उहाँका यी अबधारणाहरुले नेपालको जनवादी तथा कम्युनिष्ट आन्दोलनको अधिकतर महत्वपूर्ण अंगलाई निरन्तर प्रभावित तुल्याउँदै आएका हुन् र तुल्याउँदै आइरहेका छन् । ती अबधारणाहरु नेपाली जन आन्दोलनको क्रममा पटक पटक परिपुष्टी र प्रमाणित हुदै आएका छन् । आज नेपालका सच्चा क्रान्तिकारी कम्युनिष्टहरुले उहाँका ती मौलिक एवं सिर्जनात्मक अबधारणाहरुलाई दृढतापूर्वक रक्षा गर्दै र गहनरुपमा पक्रदै तिनलाई अझ सम्बृद्ध तुल्याउन पर्ने आवश्यकता झन बढ्न गएको छ । किनभने बिश्व कम्युनिष्ट आन्दोलन र त्यसको एउटा अंग नेपालको कम्युनिष्ट आन्दोलनमा आज गम्भीर प्रकृतिका सैद्धान्तिक बिचलन, ब्यवहारिक बिकृति र बिसंगतिहरु आएका र छाएका छन् । दक्षिणपन्थी तथा उग्रपन्थी जडसुत्रबादी औसरवादले अड्डा जमाएको छ । त्यसैले त्यस्ता असंगतिहरुबाट मुक्त हुन र आन्दोलनलाई सही दिशामा अघि बढाउन क. पुष्पलालका बिचारहरुको सान्दर्भिकता र आवश्यकता आज अझ बढ्न गएको कुरा एकदमै प्रष्ट छ ।
नेपाली कम्युनिष्ट आन्दोलनको कार्यक्रम :
नेपाल कम्युनिष्ट पार्टी बिधिवत स्थापना गर्ने तयारीसँगसँगै नेपाली क्रान्तिको मूलबाटो र यसको चरित्रको बारेमा क. पुष्पलालले बिचार निर्माण गर्न थाल्नु भएको देखिन्छ । त्यसक्रममा नेपालमा कम्युनिष्ट आन्दोलनको आवश्यकता र त्यसको लागि कम्युनिष्ट पार्टीको गठन गर्नुपर्ने औचित्य दर्शाउँदै २००६ साल बैशाख १२ गते क. पुष्पलालकै पहलकदमी र अग्रसरतमा गठित पाँच सदस्यीय कम्युनिष्ट पार्टी संस्थापन समितिको तर्फवाट उहाँकै हस्ताक्षरमा लिथो गरी प्रकाशित पर्चामा समेत कार्यक्रमको सामान्य रुपमा उल्लेख गर्दै ‘नयाँ जनवाद’ को पर्यायवाची शब्द ‘नब प्रजातन्त्र’ र अग्रेजीमा भने NEW DEMOCRACY प्रष्टरुपमा अंकित गरेको छ । यसबाट पार्टीे स्थापनाको बेला देखिनै नेपाली समाजको आमूल अग्रगामी परिवर्तनको लागि कस्तो कार्यक्रमको आवश्यकता रहेको छ भन्ने कुरामा उहाँ सचेत रहेको र त्यसको दिशाबोध गरेको देखिन्छ । त्यसलाई सिंगो कम्युनिष्ट पार्टीका उच्च निकायहरुले छलफल गरी अनुमोदन गरेको थियो – नेपाली क्रान्तिको कार्यक्रम ‘नयाँ जनवादी कार्यक्रम’ हो भनेर । तर कम्युनिष्ट आन्दोलन अघि बढ्दै जाँदा कार्यक्रममा परिवर्तन किन भन्ने बिचलनकारी कुरा नेतृत्व पंक्तिबाटै उठाउन थालियो र २०१९ सालको तेश्रो महाधिवेशन पुग्दा त कार्यक्रमका बारेमा नै खुलेर बिवाद शुरु भयो । ‘नयाँ जनवाद’ कि ‘राष्ट्रिय प्रजातन्त्र’ भन्ने दुइ कार्यक्रमको कुरा उठ्दा क. पुष्पलालले ‘नयाँ जनवाद’को दृढतापूर्वक वकालत गर्नु भएको थियो । यद्यपि पार्टीलाई अबिभाजित राख्नका लागि आफ्नो मतलाई सुरक्षित राख्दै र आवश्यक पार्टी फोरममा छलफल चलाउने निर्णयकासाथ क. टीएल(तुलसीलाल)ले प्रस्तुत गर्नु भएको बहुमतद्वारा पारित ‘राष्ट्रिय प्रजातन्त्र’को कार्यक्रमलाई बहुमतको निर्णयको रुपमा स्वीकार गर्नु भएको थियो । तर ०१९ सालपछि नेकपा एकीकृत मात्रै नरहेको होइन, अन्यौल र बिसर्जनको स्थितिमा पुगेपछि क. पुष्पलालको पहलकदमी र नेतृत्वमा २०२५ सालमा तेश्रो ऐतिहासिक सम्मेलन गरी नेपाल कम्युनिष्ट पार्टीको स्थापनाको आवश्यकता औंल्याउँदै २००६ साल बैशाख १२ गते प्रकाशित पहिलो पर्चा, १५ सेप्टेम्बर १९४९ मा प्रकाशित पार्टीको घोषणापत्र र पार्टी सिंगोरुपमा एकीकृत रहेको बेलाका दस्ताबेजहरुका सकारात्मक निर्णयहरुलाई आत्मसात गरेर उहाँले पुनः नयाँ जनवादी कार्यक्रमलाई पुनस्र्थापित गर्दै त्यसलाई समृद्ध तुल्याउनु भयो । पार्टी गठन भएपछिको १८ बर्षको नेपाली कम्युनिष्ट आन्दोलनमा आएका उतार चढावहरुको सिंहावलोकन गर्दै पार्टी गठन हुँदा नेपाली समाज जुन सामन्ती, अर्धसामन्ती तथा अर्ध औपनिबेशिक अवस्थाबाट गुज्रिरहेको थियो त्यसमा कुनै आधारभूत परिवर्तन आउन नसकेको यथार्थ मूल्यांकन गर्दै र स्वीकार गर्दै नयाँजनवादी क्रान्तिको सफलता बिना यो अवस्थामा कुनै गुणात्मक परिवर्तन आउन नसक्ने कुरा प्रष्ट औल्याउँदै नयाँ जनवादी कार्यक्रमको थप प्रष्ट ब्याख्या गरियो । त्यसले माक्र्सवादी–लेनिनवादी बर्गीय दृष्टिकोणको आधारमा सामन्तबाद बिरोधी क्रान्तिलाई सफल तुल्याएर समाजवादमा जाने पृष्ठभूमिा तयार गर्न मजदुर बर्गको नेतृत्वको आवश्यकता र औचित्यका सम्वन्धमा प्रष्ट पार्दै त्यसले नेपाली क्रान्तिको सिद्धान्त र कार्यक्रमकासाथ नेपाली समाजको अग्रगामी आमूल राजनीतिक, आर्थिक, समाजिक तथा साँस्कृतिक परिवर्तनका निमित्त चाल्नुपर्ने कदम र अपनाउनुपर्ने नीति तथा उपायहरुलाई प्रस्तुत गरेको छ । त्यो नै आजको नेपाली कम्युनिष्ट आन्दोलनको कार्यक्रम रहेको छ र नयाँ जनवादी क्रान्ति सफल भएर समाजबादमा संक्रमण गर्ने स्थिति तयार नुहँदासम्म त्यो कार्यक्रम नै नेपाली क्रान्तिको कार्यक्रम रहनेछ ।
नेपाली जन आन्दोलनको दिशा :
बर्ग बिभाजित कुनै पनि समाजमा समाज बिकासको क्रमलाई अगाडि बढाउने र त्यसलाई क्रान्तिकारी रुपान्तरण गर्ने प्रश्नमा सही माक्र्सवादी–लेनिनवादीहरुको सिद्धान्त र ब्यवहार प्रष्टरुपमा बर्ग संघर्षमा आधारित हुन्छ भन्ने कुरामा क पुष्पलाल. एकदमै प्रष्ट हुनुहुन्थ्यो । प्रत्येक देशका कम्युनिष्टहरुका लागि तत तत देशका समाजहरु नै क्रान्तिकारी रुपान्तरणका लागि प्रयोगशाला हन् जुन समाजमा उनीहरुले आफुले लिएको क्रान्तिकारी बैज्ञानिक मार्क्र्सबादी–लेनिवादी सिद्धान्तको प्रयोग गर्ने गर्दछन. । त्यो कार्य सम्पन्न गर्नका निम्ति आ–आफ्नो देशको बिद्यमान मानव समाजको बस्तुनिष्ठ बर्गीय संरचनाको बैज्ञानिक बिश्लेषण गर्नु सबैभन्दा पहिलो र अपरिहार्य कार्य हुनजान्छ । त्यस प्रकारको बिश्लेषण कार्य अन्तरगत कम्युनिष्टहरुले आ–आफ्नो देशको उत्पादन पद्धति र त्यसको स्वरुप तथा सबैभन्दा प्रमुख उत्पादनकर्ता बर्ग ठम्याउनुपर्ने हुन्छ भन्ने कुरा क. पुष्पलालले अत्यन्तै गहन र सुक्ष्म तरीकाले आत्मसात गर्नु भएको थियो । त्यसैले उहाले सामन्ती एवं पूजीपति बर्गले राजनीतिलाई जालझेलको रुपमा लिने गरेको र त्यसको प्रभाव कम्युनिष्ट आन्दोलनमा पनि पर्दै आएको कुराबाट कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलनलाई मुक्त गर्न ‘राजनीति जालझेल होइन, बास्तविक बस्तुस्थितिका आधारमा बर्गीय बिश्लेषणको निचोड हो’ भन्ने सार खिच्नुु भएको थियो । बिद्यमान अन्तराष्ट्रिय तथा राष्ट्रिय परिस्थितिका आधारामा नेपाली समाजको बस्तुनिष्ठ बर्गीय बिश्लेषण गरेर क. पुष्पलालले नेपालको उत्पादन पद्धति अर्थ सामन्ती तथ अर्ध औपनिवेशिक रहेकोे र त्यसको नेतृत्व सामन्त बर्गले गर्दै आएको प्रष्टसँग उल्लेख गर्नु भयो र त्यस आधारमा बहुसँख्यक नेपाली श्रमजीवी जनता त्यसमा पनि बहुसँख्यक नेपाली किसान बर्ग सामन्ती, भारतीय एकाधिकार पूँजीवादी तथा साम्राज्यवादी शोषण, अन्याय र थिचोमिचोमा परेको वास्तविकताका आधारमा नेपाली जन आन्दोलनको दिशा सामान्यतः सामन्तबाद, भारतीय एकाधिकार पूँजीवाद र साम्राज्यवादका बिरुद्ध तथा बिशेषतः देशीय सामन्ती अधिनायकवादका बिरुद्ध केन्द्रित एवं परिलक्षित छ र हुनु पर्दछ भन्ने प्रष्ट पार्नु भयो । यसरी सामन्तबाद, भारतीय एकाधिकार पूँजीवाद र साम्राज्यवाद बिरुद्ध अबिभाज्यरुपले परिलक्षित नेपाली जन आन्दोलनको पहिलो र निर्णायक प्रहारको निशाना भने सामन्ती अधिनायकबाद अर्थात राजतन्त्रात्मक ब्यबस्था हो भन्ने कुरा उहाँले प्रष्टसँग औल्याउनु भयो । यो यथार्थलाई नेपालको जन आन्दोलनले सत्य साबित र पुष्टी गरिसकेको छ । आज राजतन्त्रको अन्त्य र गणतन्त्रको आरम्भ भएको परिवर्तित राजनीति परिस्थितिमा सामन्तबादका सम्पूर्ण अबशेषहरुको अन्त्य गर्ने दिशामा जन आन्दोलनलाई अभिमुख, केन्द्रित र सशक्त तुल्याउनु पर्ने सर्वाधिक आवश्यकता छ ।
संयुक्त जन आन्दोलनको नीति:
क. पुष्पलालले अघि सार्नु भएका अवधारणाहरुमध्ये संयुक्त जन आन्दोलनको नीति र कार्य दिशा ब्यवहारसिद्ध र नेपाली जन आन्दोलनद्वारा अनुमोदित र निरन्तर क्रियाशील तथा सफल सावित हुदै आएकोे महत्वपूर्ण अवधारणा हो । यो संयुक्त जन आन्दोलनको नीति र कार्य दिशाले के प्रष्ट पारेको छ भने समाज बिकासको अवरोधक शक्तिलाई पत्तो लगाएर किटान गरिसकेपछि त्यस अबरोधलाई हटाउन र त्यसको शोषण, दमन र अन्यायबाट शोषित पीडित जनतालाई मुक्त गराउन संयुक्त संघर्ष कारगर र महत्वपूर्ण हतियार हो । यो मूलत शोषित पीडित बर्ग र तिनलाई प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको समझदारी, साझा न्यूनतम कार्यक्रम, कार्यगत एकता, सहकार्य, मोर्चागत एकताको रुपमा अभिब्यक्त हुन्छ र हुँदै आएको छ । नेपालका ऐतिहासिक जन आन्दोलनहरुको क्रमलाई हेर्ने हो भने जुन जुन बेलामा जनताका शक्तिहरु यस्तो किसिमले साझा संघर्षको बाटो हिड्ने प्रयत्न गरे त्यति त्यति बेला उनीहरुले सफलता प्राप्त गरेका छन् । शोषित पीडित जनताको मनोबल, ऊर्जा र उत्साह बढेको छ । अनि जतिबेला त्यस नीतिबाट बिमुख भएर त्यसको बिपरीत एक्लो बीर र अति क्रान्तिकारी हुने बाटो लाग्ने गरे त्यतिबेला आन्दोलनले असफलता र नोक्सानी मात्रै बेहोर्दै आएको छैन प्राप्त सफलताहरु पनि गुम्ने गरेका छन् र जनता पनि निराश भएका छन् र उनीहरुमा राजनीतिक बितृष्णा पैदा हुने गरेको छ । त्यसैले सही सन्दर्भ र परिप्रेक्षमा उहाँले प्रतिपादन गर्नु भएको संयुक्त जन आन्दोलनको नीति आज नेपाली समाजको अग्रगामी परिवर्तनको एउटा सफल र सार्वभौम नीतिको रुपमा स्थापित भएको छ । यसलाई प्राप्त उपलब्धी जोगाउन र अझ थप उपलब्धी प्राप्त गर्नका निमित्त दृढताकासाथ पक्रनु र अझ प्रभावकारी र निर्णायक रुपमा ब्यवहारमा खरो उतार्नु आवश्यक छ । क. पुष्पलाले संयुक्त जन आन्दोलनद्वारा जनतालाई खारेर आमूल र अग्रगामी परिवतनका लागि आवश्यक मात्रामा सचेत, संगठित र संघर्षशील तुल्याएपछि उनीहरु उच्च प्रकारको सामाजिक परिवर्तनका लागि आत्मगत तथा बस्तुगत दुबै किसिमले परिपक्क बन्दछन् र त्यसबेला निर्णायक र अन्तिम चरणको संघर्ष बिकसित हुन्छ जसले प्रतिकृयावादी शोषक बर्गको शासन सत्तलाई पल्टाएर शोषित पीडित जनताको शासन सत्ता स्थापित गर्दछ । आन्दोलन यसरी तल्लो स्तरबाट बिकसित भएर माथिल्लो चरणमा प्रवेश गर्दै अन्तिम चरण पुग्ने माक्र्सवादी–लेनिनवादी मान्यतालाई अभिब्यक्त गर्दा नै क. पुष्पलालले दीर्घकालीन सशस्त्र कृषि क्रान्तिको आवश्यकता औल्याउनु भएको हो । यसलाई छुट्टै र एकांगीरुपमा हेरिनु हन्न । त्यसैले आफु जीवनको अन्तिम समयमा मृत्यु शैयामा पुगेको बेलामा पनि क. पुष्पलाले ‘कार्यकर्ताहरु राजनीतिकरुपले संगठित हुनु पर्दछ, जनता चेतनशील हुन पर्दछ, क्रान्ति अबश्यंभावी छ, यसलाई कसैले रोकेर रोक्न सक्तैन’ भन्ने महत्वपूर्ण उद्गार ब्यक्त गर्दै क्रान्तिप्रति अखण्ड आस्था र निष्ठा दर्शाउनु भएको थियो ।
संयुक्त मोर्चा र बामपन्थी एकताको सवाल :
वास्तवमा संयुक्त जन आन्दोनलको दिशाले नै यो कुरा प्रष्ट पार्दछ कि हामी कसका बिरुद्ध किन संघर्ष गर्दैछौ ? संयुक्त जन आन्दोलनको दुइटा महत्वपूर्ण पक्ष छन् । पहिलो कुरा हो जनतामाथि कसले किन शोषण, दमन, अन्याय, अत्याचार गर्दै आएको छ र किन त्यसो गर्न सफल भएको छ भन्ने बोध गराउने र दोश्रो त्यसरी शोषण उत्पीडन गर्ने सत्ताधारी बर्गको शोषण उत्पीडनमा परेका सम्पूर्ण बर्ग, समुदाय, तह र तप्काका जनतालाई त्यसका बिरुद्ध उतार्ने । यसका लागि जनताका समस्यालाई लिएर तलैदेखि जन आन्दोलन उठाउन जनता जुन बर्गीय, आर्थिक, समाजिक, राजनीतिक, लैंगिक, जातिय, प्रशासनिक बिबिध प्रकारकासमस्याहरुले आक्रान्त छन्, त्यस आधारमा उनीहरुलाई सचेत पार्दै र संगठित तुल्याउँदै संघर्षमा उतार्नका लागि नै शोषित पीडित सम्पूर्ण जन समुदायका जनताको संयुक्त मोर्चा र बामपन्थी एकता तथा निष्ठावान बाम–लोकतान्त्रिक शक्ति र दलहरु बीच सहकार्यको आवश्यकता अपरिहार्य बन्न गएकोे हो । देश र जनताको अग्रगामी प्रगति र बिकासको बाधकको रुपमा रहेको प्रतिकृयावादी सत्ताधारी बर्गका बिरुद्ध रहेका सम्पूर्ण राजनीतिक शक्ति र दलहरुको साझा समझदारी र सहकार्यद्वारा जनसंघर्षलाई सही दिशामा बिकास गर्न संयुक्त मोर्चा र बामपन्थी एकता निर्माणको आधार खडा हुने हुँदा त्यसलाई पहिचान गरी आन्दोलनलाई सुदृढ पार्न कामरेड पुष्पलाले एकातिर जन बर्गीय संगठनहरुको एकताको खोजी गर्नु भएको थियो भने अर्कोतिर बेग्ला बेग्लै नीति र कार्यक्रम लिएर लडिरहेका राजनीति दल र शक्तिहरुका बीचमा पनि न्यूनतम साझा कार्यक्रमका आधारमा संयुक्त मोर्चाको आवश्यकताको खोजी गर्नु भएको थियो । कम्युनिष्ट र काग्रेस लगायतका प्रजातान्त्रिक दलहरु मिलेर यहाँको सामन्ती अधिनायकवादी शक्ति राजतन्त्रसँग लड्नुपर्ने कुरामा उहाँले कम्युनिष्ट पार्टीको गठन पछिदेखि निरन्तर जोड दिनुभएको थियो र आजीवन त्यस कुरामा उँहा दृढ रहनु भयो । बास्तवामा नेपालमा अग्रगामी राजनीतिक परिवर्तनका लागि बाम तथा लोकतान्त्रिक शक्ति र दलहरुको एकता, मोर्चा र सहकार्यको जुन आवश्यकता छ त्यसको खोजी गर्ने र त्यसलाई जगेर्ना गर्ने कार्यको श्रेय क.पुष्पलाललाई जान्छ ।
राष्ट्रियताकोे प्रश्न :
सर्वहारा बर्गीय दृष्टिकोणबाट नै क. पुष्पलालले राष्ट्रियता र जनतन्त्रको प्रश्नलाई पनि हेर्नु र केलाउनु भएको छ । राष्ट्रियताको प्रश्नको कुरा गर्दा माक्र्सवादी–लेनिनवादीहरुले सबै प्रकारका बाह्य थिचोमिचो, दवाव तथा दख्खल हस्तक्षेपबाट मुक्ति तथा राष्ट्रोन्नतिका निमित्त निर्वाध स्वतन्त्र परिवेशको सुनिश्चिताको अर्थमा लिनुपर्ने उहाँले प्रष्टपार्नु भएको छ । राष्ट्रहरुको उदीयमान अबस्थामा राष्ट्रियताको सवालले बाह्य देशहरुको प्रत्यक्ष या परोक्ष उत्पीडन र देशीय सामन्तबादको शोषणको बिरुद्ध संघर्षरत रहनुपर्ने वास्तविकतालाई प्रमुखता दिनुपर्ने हुन्छ । त्यसैले आजको साम्राज्यवादको बोलबाला भएको युगमा अर्ध औपनिवेशिक तथा नव औपनिवेशिक देशका जनताहरुको मुक्ति आन्दोलनका समस्याहरु र राष्ट्र–राष्ट्र बीचका पारस्परिक अन्तः सम्वन्धका समस्याहरु पर्दछन् । यस्तो अवस्थामा अर्ध औपनिवेशिक तथा नव औपनिवेशिक देशहरुको मुक्ति आन्दोलनमा किसान समुदाय नै सबैभन्दा ठूलो जन समुदायकोरुपमा सहभागी हुने र हुनुपर्ने आवश्यकता हुनजान्छ र यस अवस्थाले गर्दा किसानहरुको बाहुल्यता भएका देशहरुमा किसान आन्दोलनले राष्ट्रियताको आन्दोलनलाई प्रमुख सवालको रुप लिएको हुन्छ । त्यसै कुरालाई बिहंगमरुपमा मनन गरी क. पुष्पालालले ‘लाखौलाख झोपडीको एकता नेपालको राष्ट्रियता हो भने ती झोपडीहरुको हक हित नै जनवाद हो’ भन्ने कुरा प्रष्ट पार्नु हुदै परम्परागत राष्ट्रियता र जनवादको बिकल्प यसरी जन केन्द्रित र जन आधारित राष्ट्रियता र जनवाद हुने कुरा प्रष्ट अघि सार्नुभएको थियो । आज बिश्वब्यापीरुपमा साम्राज्यवादले जसरी भूमण्डलीकरण, नीजीकरण, उदारीकरण र बजारीकरणको आधारमा आफुलाई सारा संसारका कुनाकुनासम्म उपस्थित गराएको र आफ्नो शोषण गर्ने आधार तयार पारेको छ त्यसले प्रत्येक बिकासशील र बिकासोन्मुख देशका शोषित पीडित जनता खाशगरी मजदुर, किसान, महिला, यूवा–बिद्यार्थी, आदिवासी, जनजाति, दलित तथा अल्पसंख्यक समुदायको जीवन निर्वाह र बिकासलाई ठूलो अवरोध पैदा गरिरहेको छ । त्यसैले बुर्जआ बर्गको महाशक्ति राष्ट्र अहंकारबाद(Great power chauvinism ) को प्रभूतत्ववादी आक्रामक चरित्र र स्वरुपलाई कम्युनिष्टहरुले बिरोध गर्दछन् र गर्नु पर्दछ । तर केवल अन्य देशप्रति अनास्था फैलाउने र ती देशहरुको बिकास प्रक्रियाको प्रभाबवाट आफुलाई अलग्गै राख्ने किसिमको सामन्ती–बुर्जआ शैलीको कथित ‘राष्ट्रवाद’ सँग भने कम्युनिष्टहरु सहमत हुदैनन् र हुनुहुदैन । यस्तो स्थितिबाट मुक्त हुने आन्दोलन नै वास्तवमा राष्ट्रियता र राष्ट्रिय अखण्डतालाई सबल र सुदृढ तुल्याउने आन्दोलन हो र हुन पर्दछ ।
जनतन्त्रको सम्वन्धमा :
जनतन्त्रको कुरा गर्दा नगारिक स्वतन्त्रता र जनतान्त्रिक अधिकारको कुरा आउँदछ । यसको अर्थ हो सम्पूर्ण जनताले कानुनतः राजनीतिक स्वतन्त्रताको निर्वाध उपयोग तथा उपभोग गर्न पाउनु । निर्वाचित जन प्रतनिधिहरुमार्फत राज्ययन्त्रको सञ्चालन हुनु, सार्वजनिक जीवनमा अल्पमत बहुमतको अधिनस्थ रहेर काम गर्नु र बहुमतले अल्पमतको कदर गर्नु, जाति जाति तथा ब्यक्ति ब्यत्तिका बीचमा समानता, स्वतन्त्रता र भाइचारको परिवेश निर्माण गर्नु जस्ता जनवादी आदर्शहरुलाई आधारभूत जनतान्त्रिक सिद्धान्तको रुपमा आत्मसात र ब्यवहारमा अभिब्यक्त गरिनु पर्ने कुरामा क. पुष्पलालले जोड दिनुहुन्थ्यो । यी अधिकारहरुलाई केवल मनोगत दृष्टिकोणले होइन, बस्तुगत दृष्टिकोणले नै खरो उतार्नुपर्ने कुरामा बिशेष जोड दिदै बर्गयुक्त समाजमा समानता, स्वतन्त्रता र भाइचाराको कर्णप्रिय लाग्ने सुन्दर र सहज नाराहरु केवल प्रतीकात्मक र संबेदनशील नारा मात्र भएर रहने गर्दछन् भन्ने प्रष्ट गरिएको छ । किनभने शोषक र शोषित बिपरीत बर्ग भएको समाजमा शोषक बर्गको ‘स्वतन्त्रता’ शोषित बर्गका लागि ‘अधिनायकवाद’ बन्न पुग्दछ अनि त्यसै अनुरुप शोषित बर्गले उपभोग गर्ने स्वतन्त्रता शोषक बर्गका लागि ‘अधिनायकवाद’ बन्न पुग्दछ । त्यसैले कुनै बिशुद्ध जनवाद यस्तो समाजमा हुनै सक्तैन । शोषणबिहीन बैज्ञानिक समाजवादी समाजमा मात्र बिशुद्ध जनवादको प्रादुर्भावा हुने स्थिति बन्दछ । कुरा प्रष्ट छ— समाजवाट सबै प्रकारका शोषण, अन्याय र थिचोमिचोको उन्मूलन नगरीकन यस्तो बिशुद्ध र पूर्ण जनतन्त्र या जनवादको कुरा प्रादुर्भाव हुनै सक्तैन । जहासम्म जनतन्त्रको सार्वलौकिक परिभाषाको कुरा छ त्यो ‘कुनै पनि प्रकारको समाजमा उत्पादन–कृयाको बिकासलाई सहयोग पु¥याउने चरित्र र यसरी उत्पादन तथा बितरणमा स्वाभाविक समाञ्जस्यताको बिकास गर्ने चरित्रको पर्यायवाची नाम नै जनवाद हुन्छ’ । अहिले हाम्रो देशको उत्पादन पद्धति अर्थ सामन्ती र अर्थ तथा नव औपनिवेशक छ र त्यसको नेतृत्व सामन्त तथा दलाल नोकरशाही पूँजीबादले गर्दै आएको छ । नेपाली समाज बिकासको क्रममा ठूलो बाधकको रुपमा देखापरेको यस प्रकारको उत्पादन पद्धतिले गर्दा नै देशका सामान्यतः मजदुर, किसान, शहर बजारका मध्यम तथा निम्न मध्यम बर्ग, बुद्धिजीवी समुदाय, न्यूनबैतनिक कर्मचारी, खुद्राब्यापारी, दस्तकार एबं कालीगढहरु र राष्ट्रिय पूँजीपति बर्ग र बिशेष गरी नेपाली जनसंख्याको सबैभन्दा ठूलो हिस्सा किसान समुदाय शोषित तथा उत्पीडित छन् । त्यसैले बर्तमान समयमा हाम्रो देशमा राष्ट्रियता र जनतन्त्रको सवाल यीनै जनताको ‘आवश्यकता’ र ‘स्वतन्त्रता’ का सवालहरुमा निहीत रहेको प्रष्ट छ । अझ खुलस्तरुपमा भन्नुपर्दा आज नेपालमा ‘राष्ट्रियता’ को अर्थ हो सामान्यत माथि उल्लिखित सबै शोषित पीडित बर्गहरु र बिशेषतः किसान समुदायको ‘राष्ट्रिय आवश्यकता’ र जनवादको अर्थ हो तदनुरुप त्यो आवश्यकता प्राप्तिका लागि र त्यसको सं्ररक्षण तथा सम्बद्र्धनको लागि ‘निर्वाध स्वतन्त्रता’ को उपभोग । त्यसैले प्रष्ट छ – हाम्रो राष्ट्रियता र जनतन्त्रको नारा कुनै कोरा र ‘बिरबलको खिचडी’ जस्तो कुरा नभएर जनताका आफ्ना आवश्यकता र स्वतन्त्रता’ का उपज र बस्तुगत तथ्यमा आधारित कुरा हुन् । त्यसैले आफ्नो बर्गीय स्वार्थलाई लुकाएर समन्ती तथा साम्राज्यवादी शोषक बर्गहरुले जुन राष्ट्रियता र जनतन्त्रको ढोँगी कुरा गर्ने गर्दछन् र शोषित पीडित जनतालई अल्मल्याउने गर्दछन् त्यसबाट सम्पूर्ण श्रमजीवी जनता मुक्त हुुनु पर्दछ भन्ने कुरामा यो बिश्लेषण केन्द्रित छ ।
जनजीविकाको सवाल :
नेपाली शोषित पीडित जनता दैनिक जीवनमा जुन जुन समस्याले आक्रान्त छन् र पिरोलिइरहेका छन् ती समस्यालाई उठाउँदै र जनतालाई जगाउँदै तलैदेखि आन्दोलन उठाउने बिशेष गरी बर्गीय आन्दोलन कुरामा क.पुष्पलालले सर्वाधिक ध्यान केन्द्र गर्नु भएको थियो । पार्टीको कार्यक्रम र कार्यनीति तय गरिसकेपछि त्यसलाई ठोस ब्यवहारमा खरो उतार्न त्यो नीति र कार्यक्रमलाई जनताकाबीच पु¥याउनु पहिलो महत्वपूर्ण कार्य हुन जान्छ । जनताहरु गासँ, बास, कपास, शिक्षा, स्वास्थ्य रोजगारी, महँगी, अभाव, गरीबी, अकाल, प्राकृतिक प्रकोप, महामारी तथा बिभन्न किसिमका, सामाजिक, लैंिगक, जातीय बिभेद, प्रशासनिक उत्पीडन र दमन तथा सामाजिक अपराध आदि अनेक किसिमका समस्याले जकडिएका हुन्छन् । तीमध्ये समय बिशेषमा कुन कुन खास समस्याले सबैभन्दा बढी जनतालाई सताईरहेको छ त्यो पत्तो लगाएर जनतालाई आन्दोलनमा उतार्नु र समस्या समाधानका निमित्त सचेत, संगठित, एकताबद्ध र अनुशासित किसिमले सघर्षको मैदानमा खडा हुनु पर्दछ र नेपाली समाजको समग्र आमूल क्रान्तिकारी परिवर्तनको बोध गराउनु कम्युनिष्टहरुको पहिलो कर्तब्य मात्रै होइन जनताको आत्मबल बढाउने र उनीहरुमा रहेको क्रान्तिकारी शक्ति र भावनालाई जगाउने र प्रस्फुटन गराउने आधार पनि त्यही हुन्छ भन्ने कुरा क. पुष्पलालले दर्शाउनु भएको छ । त्यसैले पार्टीलाई आम शोषित पीडित जनताका बीच खाशगरी हाम्रो देशमा नेपाली किसान बर्गका बीच बसोबास गराउन उहाले हमेश जोड दिनुहुन्थ्यो र पार्टीका आधिकारिक निर्णयका त्यस प्रकारका परिपत्रहरु पार्टीका सबै जिम्मेवार निकायहरुमा पठाउने गर्नु हुन्थ्यो । यी सबै कुराबाट उहाँले जनताको आजीबिकाका याबत समस्यहरु बर्तमान शोषणमा अधारित असमान उत्पादन र बितरण पद्धतिबाट हल हुन सक्तैनन् । तिनलाई आमूल परिवर्तन गर्नका लागि क्रान्ति अपरिहार्य आवश्यकता हो भन्ने कुरा औल्याउनु पर्ने र जनतालाई आमूल परिवर्तनप्रति उ्रच्च चेतनालेयुक्त तुल्याउनु पर्ने आवश्यकता दर्शाउनु हुन्थ्यो ।
जाति,भाषा र साँस्कृतिक समस्याको सवाल :
नेपालमा जाति भाषा र सँस्कृतिलाई बैज्ञानकि किसिमले माक्र्सवादी दर्शनका आधारमा राम्रोसँग अध्ययन गर्ने, अन्तरबिरोधहरुलाई केलाउने र बुझ्ने तथा तिनको समाधान गरेर राष्ट्रिय एकतालाई कसरी सुदृढ र सशक्त तुल्याउन सकिन्छ भन्ने कुराको प्रारम्भ क. पुष्पलालले नै गर्नु भएको थियो । उहाँले समाज बिशेषमा दर्शन, कला र भाषा– सँस्कृतिको उत्पत्ति, बिकास र बिस्तार कसरी हुँदै आयो र अमूक समाजमा त्यसले कस्तो प्रभाव पा¥यो त्यसका साथै स्वयं दर्शन, साहित्य, कला र सँस्कृतिहरु समाज बिकासको क्रममा कसरी परिवर्तन हुदै आए भन्ने कुरा औल्याउनु भएको छ । यसै क्रममा जातिहरुको पहिचान, भाषा, कला र सँस्कृतिको बिकासका बारेमा पनि उहाँले यथार्थ दर्शाउनु भएको छ । नयाँ जवादी कार्यक्रममा भनिएको छ ‘‘नेपालको इतिहासमा आँखा लगाउने हो भने आर्थिक, राजनीतिक, सामाजिक आदि दृष्टिकोणले काठमाडौं उपत्यका नै केन्द्रस्थल हुँदै आएको छ । यही कुरा धार्मिक क्षेत्रमा पनि निर्विवाद रूपले लागू हुन्छ । हाम्रा पूर्वजले प्रकृतिपूजक स्थिति पार गरी बुद्धमार्गमा प्रवेश गरेपछि, विशेषगरी लिच्छवी युगमा हिन्दू धर्मको पनि क्रमिक रूपले प्रभाव बढेर गयो । त्यसबखत हाम्रा पूर्वजहरू दुई परस्पर विरोधीः बौद्ध तथा हिन्दू सम्प्रदायमा विभक्त भएर गए । दुवैले आ–आफ्नो धर्मलाई श्रेष्ठतर देखाउनका निम्ति आ–आफ्नो प्राचीनता साबित गर्ने कोशिशमा ‘स्वयम्भू पुराण’ र ‘पशुपति महात्म्य’ रचना गरे । धार्मिक क्षेत्रमा देखापरेको यस अन्तरविरोधले दुई सम्प्रदायकाबीचमा संघर्ष भई देशको आर्थिक व्यवस्था नै चौपट हुने आशंका देखिएको हुँदा हाम्रा पूर्वजहरूले धार्मिक सम्प्रदायबाट माथि उठी नेपाल माहात्म्य रचना गरे । यसरी नेपालको नाममा संगठित हुनाले नेपाली राष्ट्रियताको विकास भएर गयो । अतः यसले नेपालको इतिहासमा निकै महत्व राख्दछ । जनतामा व्याप्त राष्ट्रिय भावनाले गर्दा शासक वंशहरूले पनि धर्मप्रति सहिष्णुताको नीति अपनाउनु परेको हो । त्यसकानिम्ति राजाको उदार भावना मूख्यकारण नभई जनतामा व्याप्त राष्ट्रिय भावना नै मूख्य हो । नेपालमा सामन्ती आर्थिक व्यवस्था बलवान हुँदै जान थालेपछि बलियो राजतन्त्रको आवश्यकता हुँदै गयो । यसका निम्ति बुद्ध धर्मलेभन्दा हिन्दू धर्मले सैद्धान्तिक आधार दिन सक्नेहुँदा नेपालको सामन्त वर्गले क्रमशः हिन्दू धर्मको पक्ष लिन थाल्यो । राणायुगमा यो पराकाष्ठामा पुग्यो । आजको सामन्ती शाही पञ्चायती व्यवस्थामा पनि प्रतिक्रियावादी हिन्दूवादलाई विशेष रूपले प्रोत्साहन दिइँदैछ । यसैलाई राजधर्मको स्थान प्राप्त छ ।आज हाम्रो देशमा बुद्ध र हिन्दू धर्मबाहेक इसाई, इस्लामआदि अन्य धर्म मान्ने सम्प्रदाय पनि छन् । सरकारको हिन्दूवादी पक्षपाती नीतिले गर्दा अन्य धार्मिक सम्प्रदायलाई प्रतिक्रियावादी तत्वले धार्मिक भावनाको आडमा एक सम्प्रदायविरूद्ध अर्को सम्प्रदायलाई उठाई जनताको जनवादी भावना र संघर्षलाई आघात पु¥याई आफ्नो स्वार्थसाधन गर्दैछन् । यसबाहेक विभिन्न विदेशी प्रतिक्रियावादी शक्तिहरूले पनि यस्ता साम्प्रदायिक तत्वहरूसँग साँठगाँठ गरी सामन्तवादविरोधी जनवादी आन्दोलन र समाजवादविरूद्ध प्रतिक्रियावादी प्रचार गराउन यिनीहरूलाई उपयोग गरिरहेका छन् ।
जनताको धार्मिक विश्वासबाट फाइदा उठाई विभिन्न धार्मिक सम्प्रदायका साम्प्रदायिकतावादी अधिकारीहरूले जनतालाई परलोकको आशा देखाई यस लोकमा नारकीय जीवनविरूद्ध हुने संघर्षमा तगारो हाली आफ्नो स्वार्थ साधन गरिरहेका छन् । यो निर्विवाद सत्य कुरा हो कि नेपालमा प्रचलित सम्पूर्ण धर्महरू बुद्ध, हिन्दू, इसाई तथा इस्लामले आफ्नो उत्पत्तिको सुरूमा प्रगतिशील भूमिका खेलेका थिए । हाम्रो नेपाल माहात्म्यले पनि त्यस्तै प्रगतिशील भूमिका खेलेको थियो । तर आज यी धर्महरू देशको सामन्त वर्गको स्वार्थसाधनका रूपमा देखापर्न आएका छन् । एकातिर देशका जनता प्रतिदिन भोका, नांगा र गरिब भइरहेका छन् भने अर्कोतिर मुठ्ठीभर यी धर्माधिकारीहरू जनताको भेटी, दान, दक्षिणाआदि कुराबाट ऐयासी जीवन बिताउँदै छन् । हामी जनताको धार्मिक भावनामा आघात नपु¥याई उनीहरूलाई आजको धार्मिक शोषणबाट मुक्त गरी सबै धार्मिक समुदायलाई नयाँ जनवादी नेपालको निर्माणमा संयुक्त रूपले लगाउन चाहन्छौं । त्यसैकानिम्ति क्रान्तिकारी जनवादी सरकारले (१) कुनैपनि धर्मलाई राजकीय धर्मको स्थान दिनेछैन र नेपालको क्रान्तिकारी जनवादी राज्यसत्ता धर्मनिरपेक्ष राज्यसत्ता भनी घोषित गर्नेछ, (२) धर्मलाई व्यक्तिगत विश्वासको कुरा मानी कुनै पनि व्यक्तिलाई आफूले चाहेको धर्म अवलम्वन गर्न दिनेछ, (३) धर्मको पक्ष र विपक्षमा प्रचार गर्न सबै नागरिकलाई समान रूपले अधिकार दिनेछ, (४) धर्मको नाममा गुरू, परोहित, साधु, सन्त, महन्त, लामा, मुल्ला, मौलवी, भन्ते तथा पादरीबाट हुने सम्पूर्ण शोषण, जस्तै ढेव प्रथा, जमीनसँग सम्बन्धित गुठीप्रथा, भण्डारा प्रथा आदिलाई खतम गर्नेछ, (५) धर्र्मलाई सम्पूर्ण शिक्षण संस्थाबाट अलग्याउने छ, (६) मठ, मन्दिर, मस्जिद, गुम्बाआदिको सम्पत्तिलाई राष्ट्रियकरण गर्नेछ र तिनका धार्मिक कार्यको आवश्यक खर्च सरकारले ब्यहोरी तिनको सम्भारको काम पनि सरकारले नै गर्नेछ, (७) साम्प्रदायिक भावना फैलाउने खालका गतिविधिलाई गैरकानुनी घोषित गर्नेछ तथा (८) विदेशी धार्मिक मिशन आदिलाई देशबाट निष्कासन गर्नेछ ।’’
कामरेड पुष्पलालले आजभन्दा ३७ बर्ष अगाडि नै अघि सार्नुभएको यो नीति आज कत्तिको दूरगामी महत्वको र नेपाली समाजलाई प्रगतिशील दिशातर्फ उन्मुख गराउने खालको रहेछ भन्ने झल्को ऐतिहासिक दस्तावेजको यो सानो अंशले प्रष्ट पारेको छ । देशलाई कुनै एक धर्म, जाति, सम्प्रदाय र सँस्कृतिको शोषणवाट मुक्त गरिनु पर्दछ र सबैलाई समान किसिमले फल्न फुुल्न दिइनु पर्दछ भन्ने भावना यसमा अन्तरनिहीत छ । आज हामीले नेपाली जनतालाई आप्mनो इतिहासमा नै सर्वप्रथम सबिधानतः संस्थागतरुपले सार्वभौमसत्तासम्पन्न र सर्बोच्च कायम गर्न खोजिरेहको र उनीहरुले राजकीय अधिकारको पूर्ण उपयोग गरी राज्यका सम्पूर्ण निर्णायक निकायहरुमा आप्mनो सचेत, संगठित र सक्रिय सहभागिताको लागि संबैधानिक सुनिश्चितता प्राप्त गर्ने हिसावले राज्यको पुनर्संरचना गर्ने कुरा अघि सारिरहेको बेला यसै उदेश्य परिपूर्ति गर्न हामीले नेपाली समाजको पुनर्संरचनाको खोजी गर्नु उचित र आवश्यक हुन्छ ।
हाम्रो देश नेपाल जनताको एउटा अभूतपूर्व सफल संयुक्त जन आन्दोलपछि त्यसका आधारभूत उपलब्धीलाई संस्थागत गर्ने संक्रमणकालीन अवस्थाबाट अहिले गुज्रिरहेको क्रममा अहिले जनताका लागि सबैभन्दा महत्वपूर्ण राष्ट्रिय प्राथमिकताको प्रश्न संविधान सभाद्वरा नयाँ संबिधानका निर्माण गर्नु रहेको छ । त्यो संविधानको अपरिहार्य मूलभूत र सारभूत तत्व भने नेपाली जनताको सार्वभौमिकता र सर्बोच्चतालाई अनुल्लंघनीय किसिमले स्थापित गर्नु, संस्थागत र अक्षुण्ण तुल्याउनु हो । यसरी जनताको राजकीयसत्तालाई ब्यवहारमा ठोस र मूर्तरुपमा खरो उतार्न राज्यको पुनर्संरचना मार्फत नेपाली जनतालाई राज्य सञ्चालनका माथिदेखि तलसम्मका सबै अङ्गप्रत्यङ्गमा संगठित र समानुपातिक ढङ्गले संस्थागतरुपमा सकृय सहभागी हुने स्थितिको सिर्जना गर्ने कुरा नै हो । यसका लागि मनोगतरुपमा कुनै एउटा पक्ष मात्रलाई अघि सारेर हुदैन र पुग्दैन । हाम्रो देशको बहुभाषिक, बहुजातिय, बहुसाँस्कृतिक, बहुधार्मिक तथा भौगोलिक बिषमता, जैविक बिबिधता आदिलाई मध्यनजर राखी जनसंख्या,भूगोल, सामाजिक सम्वन्ध र साँस्कृतिक समानता तथा श्रोत साधानहरुमाथिको स्वामित्व र तिनको बाँडफाँँड जस्ता अत्यन्तै गम्भीर र आधारभूत महत्वका सबै पक्षलार्ई के कसरी उचित समायोजन गररे अघि बढ्न सकिन्छ त्यो केलाइनु पर्दछ । त्यसका लागि देशको बहुपक्षीय धरातलीय बस्तुगत यथार्थका आधारमा एउटा दुरगामी बैज्ञानिक दृष्टिकोण र सोचकासाथ ठोस निष्कर्शमा पुग्नु अत्यावश्यक छ । अहिलेसम्म यस बारेमा ज–जसले जे–जस्तो बुझेका छन् त्यसै आधारमा पृथक पृथक रुपमा कुरा उठाइरहेका छन् । संघको संरचना कस्तो हुने र के के आधारमा हुने भन्ने कुरामा राष्ट्रिय सहमति नभइकन यसको लागि मान्य हुने कुनै एउटा साझा खाका तयार हुन सत्तैmन । परिबर्तनको बाहक भइरहेका या हुनुपर्ने राजनीतिक दल र शक्तिहरुनै अल्मल र अन्यौलको तरल स्थितिमा रहीरहेको बेला यस्ता महत्वपूर्ण बिषयमा सोच, बिचार र दृष्टिकोणको अराजकता ब्याप्त भइरहेको भए पनि अव संविधान सभाले बिषय बिशेषज्ञहरुको आयोगद्वारा यस सम्वन्धमा आएका एकरुपता र बिबिधतालाई केलाएर एउटा साझा, उपयुक्त, टिकाउ र संघीय गणराज्यहरुको निर्माणको निष्कर्शमा पुग्नै पर्ने हुन्छ ।
हाम्रो देशका स्थिति कस्तो छ भने यहाँ पच्चास भन्दा पनि बढी जनजातिहरुको जनर्सख्या एक लाखभन्दा बढी छैन । अनि कुनै एउटा जातिको बाहुल्यता पनि रहेको अवस्था छैन । यस्तो स्थितिमा संघ राज्यको भौगोलिक क्षेत्र कत्रो हुने र संघ राज्य कस्तो हुने भन्ने प्रश्न स्वतःः खडा हुन्छ भने यस प्रश्नको सही उत्तर नखोजीकन यथार्थमा त्यसको स्वरुप कत्रो र कस्तो भयो भने त्यो टिकाउ, चल्न सक्ने र बैज्ञानिक ढंगको होला ? यही नै प्रथमतः यकिन गर्नु पर्ने मूल कुरा हो । तर एउटा कुरा भने प्रष्ट हुनै पर्दछ कि आत्म निर्णयको अधिकारको नाममा नेपालको सार्वभौमिकता, अखण्(डता र यसको अक्षुण्णतमा आँच आउने किसिमको कुनै त्रुटीपूर्ण ब्यवस्था संविधानमा गरिनु हुन्न । आत्म निर्णयको अधिकारर्लाइ देश टुक्र्याउने आध्यमको रुपमा परिभाषित गर्न दिइनु हुन्न । नेपाल कसैको उपनिवेश नवनेको एउटा स्वतन्त्र राष्ट्र हो र यसलाई बिदेशीहरुले सुगौली सन्धीपछि अर्ध औपनिवेशिक अवस्थमा परिणत गरेकोर बिश्ववाट उपनिवेशनवादको अन्त्य भए पनि बिश्व साम्राज्यवादी शक्तिहरुले नव औपनिवेशिक अवस्थामा पु¥याएकोले नेपाली जनता ्रत्यसका बिरुद्ध संघर्षरत छन् । त्यसैले कहिले कसैको उपनिवेश नभएको देशलाई तथाकथित आन्तरिक उपनिवेशको संज्ञा दिएर देशमा भएको सामन्ती र साम्राज्यवादी शोषण र थिचोमिचोलाई जोगाउने र जातिय बिद्वेष फैलाउने प्रबृत्तिको बिरुद्ध सम्पूर्ण आदिवसी, जनजाति, अल्पसंंखयक, दलित र महिलाहरु दृढतापूर्वक खडा हुनु पर्दछ । आत्म निर्णयको अधिकारलाई जातिय भाषिक तथा क्षेत्रीय उन्नतिको स्वशासनको रुपमा लिनु र त्यसलाई तथाकथित छुट्टिन पाउने अधिकारको रुपमा परिभाषित गर्नु बिल्कुलै बेग्ला बेग्लै कुरा हुन् ।
निश्चयनै जटील प्रश्नको सरल उत्तर हुदैन । तथापि नेपालको भू–बनौट, जनसंख्यको अनुपात, प्राकृतिक श्रोत साधनहरुको उपलब्धता जस्ता महत्वपूर्ण कुराका अतिरिक्त इतिहास, सँस्कृति, भाषाहरुकै मूल आधारमा संघीय संरचनाको निर्र्माण गरिनु पर्ने भएकोले अब बन्ने संघीय गणराज्यहरु बहुभाषिक, बहु जातिय र बहु साँस्कृतिक प्रकारका बन्ने कुरा प्रायः निश्चित देखिन्छ । किनभने यो सबैले स्वीकार गरेको यथार्थ कुरा हो कि हाम्रो देश बहुभाषिक, बहुजातिय, बहुसाँस्कृतकि, बहुधर्माबलम्बी देश हो । त्यसैले अन्तर्राष्ट्रिय कुनै एउटा ‘मोडेल’ हाम्रो निम्ति उपयुक्त हुन्छ भन्न सकिने आधार छैन । छिमेकी भारतको संघीय राज्य प्रणालीलाई हेर्दा त्यो शक्तिशाली केन्द्रसहीतको संघीय प्रणाली रहेको देखिन्छ । चीनको स्वशासित प्रकारको.संघीयता पनि आफ्नै किसिमको छ । स्वीट्जरल्याण्ड या दक्षिण अफ्रिकाको पनि बेग्ला बेग्लै अनुभवहरु रहेका छन् । अमेरिकाको बहुराज्यीय संघ पनि आफ्नै किसिमले भिन्नरुपमा बिकसित भएको पाइन्छ । तर ती कुनै पनि तरीकालाई जस्ताको तस्तै नेपालले नक्कल गर्न सक्तनै र त्यसो गर्नु अनुपयुक्त र प्रत्युत्पादक पनि हुनसक्दछ । त्यसैले आज हामी संघीय राज्य प्रणाली अबलम्बन गर्न गइरहेको बेला यसले समाधान गर्न खोजेका समस्याहरु के के हुन् भन्ने कुरालाई मध्य नजरमा राखेर र यसको संरचनाका आधारहरुमा प्रष्ट भएर अघि बढ्नु पर्ने आवश्यकता छ ।
अल्पसंख्यक र पछि परेका वा पछि पारिएका जन समुदायहरुलाई अघिल्लो पंक्तिमा के कसरी संगठित र सक्रियरुपमा ल्याउन सकिन्छ र राज्य र शासन प्रणालीका निर्णायक तहहरुमा सहभागितालाई सुनिश्चित तुल्याउन सकिन्छ भन्ने कुरा नै संघीय राज्यप्रणालीको मर्म हो र हुनुपर्ने देखिन्छ । यस यथार्थ कुराले राजनीतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक जुन भेदभाव र असमानता नेपाली समाजमा लामो समयदेखि बिद्यमान र ब्याप्त छ त्यसको सही किसिमले समाधान हुनु पर्ने कुराको जोडदार माग गर्दछ । यस कुरालाई बेवास्ता गरेर वा बिर्सेर सघीय राज्य तथा शासन प्रणाली अपनाउन पुगियो भने पनि त्यसले नेपाली समाजको आवश्यकताको परिपूर्ति गर्न र त्यसलाई उचित किसिमले अघि बढाउन मद्दत गर्न सक्तैन । वास्तवमा सबै कुराको मूलमा बर्गीय असमानताले काम गरेको यथार्थलाई आत्मसात गर्नसकेमा मात्रै समस्याको सही पहिचान गर्न र समाधानको सही बाटो लाग्न सकिने छ । श्रोत साधनमाथि आम जन समुदायको पहुँच र स्वामित्व बिनाको रित्तोखालको खोक्रो संघीय गणराज्य वा या अरु कुनै प्रणालीले पनि एउटा खातापिता बर्गलाई मात्रै समेट्न र सहयोग पु¥याउन सक्ने कुरालाई ध्यान दिनै पर्दछ । हाम्रो समाज साँस्कृतिक र सामाजिक रुपले बहुजातिय, बहुभाषी र बहुधर्माबलम्बी मात्रै छैन आर्थिकरुपले बहु बर्गीय पनि छ । सर्सरी हेर्दा केही औलमा गणना गर्न सकिने मानिसहरु सम्पत्ति र श्रोतसाधनलेसुसज्जित छन भने बहुसँख्यक मानिसहरु दुःखजिउलो गरेर बिहान बेलुकाको छाक टार्न पनि धौधौको स्थितिवाट गुज्रिरहेका छन् । बर्गीय असमानतालाई कायम राखेर एक वा एकभन्दा बढी कुनै जात जाति बिशेषलाई अघि बढाउने कुराले देशमा ब्याप्त असमानता, गरीबी, अभाव र असुरक्षाको अन्त्य गर्न सहयोग पु¥याउन पटक्कै मद्दत गर्दैन । बरु यथास्थितिलाई नयाँ कलेवरमा कामय राख्न मात्रै त्यसले योगदान पु¥याउँदछ । त्यसैले राज्यको पुनर्र्संरचनाको कुरा गर्दा एकातिर हामीले कस्तो ब्यवस्थाका बिरुद्ध अहिलेसम्म लड्दै आएको हौ र त्यसलाई बिस्थापित गरेर कस्तो ब्यवस्था ल्याउन खोजेका हौ त्यस कुरमा द्विबिधारहीत ढंगले प्रंष्ट हुनै पर्दछ । यसलाई अन्धाले हात्ती छामेको कथा जस्तो बिषय बन्न दिइनु हुदैन । अर्कातिर यसका लागि बिषयका ज्ञाताहरु— भूगोलबिद्, जनसंख्याबिद्,अर्थशास्त्री, समाजशास्त्री, प्रशासन बिज्ञ र राजनीतिज्ञहरु सम्मिलित रहेको उच्चस्तरीय संघ निर्माण आयोगले बनाएको संघष राज्यको ढाँचाका बारेमा ब्यापक छलफल गरी उपयुक्त संघ प्राणलीलाई अवलम्बन गरिनु पर्दछ । राज्यको संघीय गणतान्त्रिक पुनर्र्सरचना गर्ने बेलामा सकीर्ण मनोदशाबाट मुक्त भएर जान सकिएन भने यसले समस्यालाई सुल्झाउने नाममा बल्झाउने मात्रै काम गर्न सक्तछ । तसर्थ, टिकाउ, धान्न सकिने र सञ्चालन गर्न सजिलो हुने किसमको सघीय संरचना के कसरी बनाउन सकिन्छ त्यतातिर गम्भीररुपमा ध्यान दिनुपर्ने आजको ज्वलन्त राष्ट्रिय आवश्यकता रहेकोछ । नेपाली जन समुदायको पारस्परिक एकता, सहिष्णुता, सहयोगी भावना तथा सद्भावलाई बिथोल्ने किसिमले संघीयताको प्रश्नलाई दुरुपयोग गर्न कदापि दिइनु हुदैन । यसलाई उछालेर देशको अखण्डता र सार्वभौमिकतालाई कसैले चुनौति दिन खोज्छ भने त्यो मेचीदेखि महाकाली र रक्सौलदेखि रसुवा यो चौहद्दी भित्र रहँने कुनै पनि नेपाली मात्रका लागि सैह्य र ग्राह्य कुरा कदापि हुनसक्तैन र हुनुहुँदैन । त्यसैले आजको आवश्यकता अखण्ड नेपाल भित्रको संघीय गणतन्त्रात्मक लोकतन्त्र हो भन्ने कुरामा सबलेै प्रष्ट हुनु पर्दछ ।
समकालीन बिश्वको परिस्थितिमा पूँजीवादी बर्गको चरित्र :
क. पुष्पलालले अन्तराष्ट्रिय तथा राष्ट्रिय कारणले सामन्ती, अर्ध सामन्ती तथा अर्ध औपनिवेशिक परिस्थितमा रहेको पूजीवादी बर्गको चरित्र ढुलमुले प्रकृतिको हुने बाध्यताले गर्दा बिश्व साम्राज्यवाद र घरेलु सामन्तबादका बिरुद्ध निर्णायक क्रान्तिको नेतृत्व गर्ने क्षमता र चरित्र पूँजीवादी बर्गले गुमाएको कुरा प्रष्ट पार्दै यस स्थितिमा सामन्तबाद तथा साम्राज्यबाद बिरुद्धको निर्णायक क्रान्तिको नेतृत्व गर्ने अभिभारा मजदुर बर्गको काँधमा आएको कुरा दर्शाउनु भएको छ ।आजको युगको केन्द्रिय अन्तरबिरोध समाजवाद र साम्राज्यवाद बीचको अन्तर बिरोध भएको र बिश्व समाज पूजीवादबाट समाजवादमा संक्रमणकै दिशाबाट गुज्रिरहेको छ । बिश्व समाजवादी आन्दोलनले अनेक कारणले ठूलो धक्का खाए पनि बिश्व समाज पूँजीवादबाट समाजवादतिर संक्रमण हुने यो युगको चरित्रगत प्रबृत्तिमा कुनै परिवर्तन आएको छैन । भलै त्यसको गति मन्द हुन गएको छ । यो पनि पटक पटक प्रष्ट प्रकट हुँदै आएको यथार्थ हो कि अन्तर्राष्ट्रिय पूँजीवाद एक पछि अर्को संकटबाट गुज्रिरहेको र आज अर्को ठूलो आर्थिक र बित्तीय संकटको भँवरीमा परिरहेको छ । त्यसले कथित ‘स्वतन्त्र बिश्व’ र ‘मानबाधिकार’ को जतिसुकै रट लगाए पनि पूजीवादी साम्राज्यवाद आज बिश्वब्यापीरुपमा राजनीतिक तथा आर्थिक दख्खल र हस्तक्षेपका बिभिन्न गतिविधि गर्न निरन्तर उद्यत छ । त्यसका लागि निरन्तर युद्धोन्मादी उसका कृयाकलाप, हतियार उद्योगको अत्याधुनिकीकरण र बिस्तार, साम्राज्यवादी भूमण्डलीकरण र बिकासशील राष्ट्रमाथि एकपछि अर्को हस्तक्षेपका गतिबिधिहरुमाथि नै सम्पूर्ण शक्ति केन्द्रित गर्ने प्रबृत्तिले बिश्व पूजीवादको तर्क र बिवेकको ढिकुटी रित्तिसकेको प्रष्टै देखिन्छ । यस्तो स्थितिमा हाम्रो देशको पूँजीवादी बर्गको एउटा तप्का जमिनसँग आफ्नो स्वार्थ गाँसिएको त्यसबाट शोषण गर्ने यसको एउटा ठूलो अंग छ भने अर्कोतिर देशको सीमिति उद्योगधन्धा र बन्द–ब्यापारमा पनि आफ्नो हात रहेको यो पूजीवादी बर्गले बिदेशी पूँजीवादी बर्गसँग पनि निकट समन्ध राख्दछ । तर हाम्रो देशमा औद्योगिक पूँजीवादको बिकास नभएको र जति भएको छ प्रायःजसो सबै बिदशी एकाधिकार पूँजीवादद्वारा सञ्चालित भइरहेको हुँदा नेपालको राष्ट्रिय पूँजीपति बर्गको सामाजिक आधार अत्यन्तै कमजोर छ । यसरी शोषण नीतिमा भर पर्ने र बर्ग आधार पनि ज्यादै कमजोर भएका कारणले गर्दा यसल सामन्तबादलाई निर्णायक प्रहार गरेर परास्त गर्ने र यसरी सामन्ती शोषणलाई पूर्णरुपले उन्मूलन गर्ने क्रान्तिको नेतृत्व दिन सक्तैन भने अर्कोतिर भारतीय एकाधिकार पूँजीवाद र साम्राज्यवाद बिरुद्ध दृढ संघर्ष गरी देशमा स्वतन्त्र अर्थतन्त्र निर्माणको आधार तयार गर्न पनि सक्तैन । तर पनि सामन्ती उत्पादन पद्धति र बिदेशी पूँजीको बोलबाला तथा एकाधिकारले गर्दा उसको बन्दब्यापार र उद्योगधन्धाको बिकासमा बाधा पर्ने हुँद्या असन्तुष्ट हुने र सामन्ती यथास्थिति र बिदेशी पूँजीको शोषणको बिरुद्ध बेलाबेलामा संघर्षशील चरित्र पनि देखाउने गर्दछ । यस प्रकारको दोहोरो चरित्रले गर्दा नै यसले समान्तबाद तथा साम्राज्यवाद बिराधी निर्णायक क्रान्तिको नेतृत्व गर्न असमर्थ भएकोले त्यो अभिाभारा मजदुर बर्गको काँधमा आइलागेको हो । यद्यपि नेपालमा किसानको तुलनामा मजदुर बर्गको संख्या अत्यन्तै सानो छ । अनि अन्य पूँजीवादी देशका मजदुर बर्गको तुलनामा यसको बर्ग अधार पनि निकै नै कमजोर र साँस्कृतिक स्तर पनि निकै अबिकसित अबस्था छ । तथापि देशको तुलनात्मक सबैभन्दा बिकसित उत्पादन पद्धतिसँग यसको सम्वन्ध भएकोले मजदुर बर्ग अरु भन्दा बढी प्रगतिशील र क्रान्तिकारी हो र उदीयमान बर्ग पनि यही नै हो । त्यसैले सामन्ती र पूँजीवादी दोहोरो शोषणको मार झेलिरहेको तथा आफ्नो दृढ बर्गीय चरित्र र स्वभावले गर्दा यो सामन्तबाद, भारतीय एकाधिकार पूँजीवाद र साम्राज्यवादका बिरुद्धको क्रान्तिको नेतृत्व गर्ने क्षमता मजदुर बर्गमा निहीत रहेको कुरा क. पुष्पलालले महान लेनिन र क. माओको उद्धारणसहीत औल्याउनु भएको छ । यस क्रममा उहाले नेपाली काग्रेस भित्र देखिने राजावादी, स्रबैधानिक राजतन्त्रबादी र गणतन्त्रवादी तीन प्रबृत्तिहरुाके उल्लेख गर्नुहुँदै राजावादी प्रबृत्तिको घोर बिरोध गर्ने,संबैधिानि राजतन्त्रवादी प्रबृत्तिलाई गणन्त्रबादी प्रबृत्तितर्फ आकर्षित गर्ने र गणतन्त्रवादी प्रबृत्तिसँग तलैदेखि एकजुट भएर अघि बढ्ने नीति अवलम्बन गर्न जनेडा दिनु भएको थियो । यी सबै कुरालाई केलाएर मजदुर बर्गको नेतृत्वमा हुने क्रान्तिले त्यसलाई पूँजीबादको दिशाबाट मोडेर समाजवादको पृष्ठभूमि निर्माण गर्ने नयाँ प्रबृत्ति र चरित्र राख्दछ । त्यसैले अर्ध सामन्ती तथा अर्ध औपनिवेशिक भौतिक परिस्थिति भएका समाजमा हुने क्रान्तिको यही बाटो हो भन्ने उहाँले औल्याउनु भएको छ ।
सर्बहारा अन्तर्राष्ट्रबादी निष्ठा :
कम्युनिष्ट आन्दोलनको एउटा महत्वपूर्ण पक्ष हो अन्तर्राष्ट्रिय सर्बहाराबादप्रतिको अखण्ड निष्ठा । यो बिश्व कम्युनिष्ट आन्दोलनमा पारस्परिक अन्तरनिर्भरता, एकता, सामञ्जस्य र सहयोगको खोजीको सिद्धान्त हो । बिश्व कम्युनिष्ट आन्दोलनमा मजदुर बर्गको ‘आत्मा’ र मार्क्र्सबादी चिन्तनको ‘केन्द्रबिन्दू’ रहेको बिश्वप्रसिद्ध ‘कम्युनिष्ट घोषणाप’त्रले यो अन्तर्राष्ट्रिय सर्बहाराबादलाई ‘बिश्वका मजदुर एक होऊ’ भन्ने उद्घोषद्वारा अभिब्यक्त गरेको छ । यसले सामान्यतः बिश्वका प्रगतिशील मजदुर आन्दोलनहरु, जनतान्त्रिक आन्दोलनहरु, राष्ट्रिय मुक्ति आन्दोलनहरुमा बिश्वभरीका कम्युनिष्ट, बामपन्थी र प्रगतिशील लोकतान्त्रिक शक्तिहरुको आपसी सहयोग र समर्थनको कुरालाई उठाउँदछ भने बिशेषगरी बिश्व कम्युनिष्ट आन्दोलनलाई सही दिशा र गति दिनका लागि सैद्धान्तिक दृढता, ब्यवारिक लचकता, धैर्य र संबेदनशीलताको आवश्यकताको बोध गराउँदछ । यही नेर ‘माक्र्सवादको प्रयोग गर संशोधनबादको होइन, एकताबद्ध होऊ नफुट, खुला खुलस्त होऊ, जालेझेल र षडयन्त्र नगर’ भन्ने जुन माक्र्सवादी लेनिनवादी मार्गदर्शन क. माओले गर्नु भएको थियो त्यसलाई प्रत्येक क्रान्तिकारी कम्युनिष्टहरुले आत्मसात गर्नुपर्ने यथार्थ क. पुष्पलालले औल्याउने गर्नुहुन्थ्यो । यसै आधारमा उहाँले ‘राजनीति जालझेल होइन, वास्तविक बस्तुस्थितिका आधारमा बर्गीय बिश्लेषणको निचोड हो’ भन्ने मान्यता बिकसित गर्नु भएको थियो । बिश्व कम्युनिष्ट आन्दोलनमा मतभेद उत्पन्न हुँदा पनि प्रत्येक देशका माक्र्सवादी लेनिनवादी कम्युनिष्ट पार्टीहरुले समानता, स्वतन्त्रता र सार्वभौमिकताका आधारमा ब्यवहार गर्नुपर्ने र परस्परका अनुभवहरुलाई सिद्धान्तका आधारमा ब्यापकरुपमा एकत्र र छलफल गरेर बिश्व कम्युनिष्ट आन्दोलनलाई सिद्धान्त र ब्यवहार दुबै किसिमले सहयोग पुग्ने गरी सही निष्कर्श निकालेर तिनलाई सिर्जनात्मकरुपले लागु गर्नुपर्ने कुरामा कम्युनिष्टहरुले बिश्वास र ब्यवहार गर्नुपर्दछ भन्ने प्रष्ट मान्यता उहाले राख्नु भएको थियो ।
क. पुष्पलालले अधि सार्नु भएको ‘कम्युनिष्ट पार्टी र यसको कार्यपद्धति’, ‘नेपाली जन आन्दोलन : एक समीक्षा’ र ‘नेपाली प्रगतिशील बुद्धिजीवीहरुले सामाजिक परिवर्तनमा खेल्नुपर्ने भूमिका’ जस्ता दस्तावेजहरु पनि उत्तिकै महत्वपूर्णछन् । ‘नेता होइन, नीति प्रधान हुन्छ’ भन्ने जुन मान्यता उहाले बिकसित गर्नु भएको छ, त्यसको ‘नेता केही पनि होइन’ भन्ने गलत अर्थ लगाउने र अपब्याख्या गर्ने गरिन्छ । ‘सही नीतिले नै सही नेता र कार्यकर्ता जन्माउँदछ’ भन्ने उहाँको मान्यता थियो र हो । त्यसैले क. पुष्पलालले नेपाली समाजको आमूल परिवर्तनका लागि नेपाली समाजमा रचनात्मक किमिसले अनुशीलन र बिकास गर्नु भएको माक्र्सवाद–लेनिवाद र माओ बिचारधारालाई नै हामीले पुष्पलाल बिचारधाराकोरुपमा आत्मसात गर्न तथा उहाले नेपालको कम्युनिष्ट आन्दोलनमा बिकसित गर्नु भएका सही नीति र कार्यक्रम र त्यस आधारमा उहाँले खेल्नु भएको राष्ट्रिय र अन्तर्राष्ट्रिय भूमिकालाई सही परिपेक्ष र सन्दर्भमा बुझ्न र केलाउन सक्नु पर्दछ । पुष्पलाल बिचारधारा नेपाली समाज बिकासको निमित्त अबरोधको रुपमा रहेका वा अवरोधको रुपम देखापर्न आउने अबरोधक राजनीतिक तथा सामाजिक शक्ति र संरचनाका बिरुद्ध जन आन्दोलनको पथप्रदर्शन गर्ने बिचारधारा हो भन्ने कुरा बुझ्नु र आत्मसात गर्नु पर्दछ । वास्तवमा क. पुष्पालालले नेपाली समाजमा माक्र्सवादी लेनिवादी दृष्टिकोण,बिचार, सिद्धान्त र नीतिलाई अन्तर्राष्ट्रिय तथा राष्ट्रिय बर्गीय बस्तुस्थितिको ठोस बिश्लेषणको आधारमा नेपाली जन आन्दोलनको बिकासको ठोस सन्दर्भमा निकाल्नु भएको निष्कर्श र बिकसित गर्नु भएको नीति नै क.पुष्पलाल र कम्युनिष्ट अान्दाेलनकाे इतिहास हो भन्ने कुरा एकदमै प्रष्ट छ ।