शनिबार, आश्विन १७ गते २०८३

भूमि बैंक परियोजना किसानविरोधीः किसान संगठन

चैत्र १७, २०७८ बिहीबार
भूमि बैंक परियोजना किसानविरोधीः किसान संगठन

 

भूमि बैंक परियोजना किसानमारा भएको भन्दै चार किसान संगठनले विरोध जनाएका छन् । 

किसानलाई जगाउने, उठाउने, उनीहरुको जीवनमा विकसित ऊर्जा र समुन्नति पैदा गर्ने तथा राष्ट्रिय बजार अभिबृद्धिकासाथ किसानको जीवनमा खुशियाली ल्याउने र राष्ट्रिय औद्योगिकरणको सबल आधार तयार गर्ने बैज्ञानिक क्रान्तिकारी भूमिसुधारको महत्वपूर्ण राष्ट्रिय मुद्दालाई विषयान्तर गर्न ल्याउन थालिएको भूमि बैंकको धारणा किसान बिरोधी र अन्तत राष्ट्रिय हित बिरोधी रहेको र यसले किसानलाई जमिनबाट बेदखल गर्ने र देशी विदेशी भू–माफियाको हातमा जग्गा केन्द्रित हुन पुग्ने गम्भीर खतरा पुग्ने उनीहरूले जनाएका हुन् । 

अखिल नेपाल किसान महासंङ (अप्फा), अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी), अखिल नेपाल किसान यूनियन र अखिल नेपाल प्रगतिशील किसान यूनियनका प्रतिनिधिको तर्फबाट प्रेषित वक्तब्यमा भनिएको छ ः “अरु मुलुकमा असफल सावित भइसकेको यो किसान विरोधी र राष्ट्रविरोधी कदम चालेर सरकार  स्वदेशी बिदेशी भू–माफियाहरुलाई खुशी तुल्याउन र नेपाली किसानमाथिको शोषणको हिस्सेदार बन्न तर्फ उद्यत देखिन्छ । तसर्थ यो भूमि बैंक परियोजनाको हामी चार किसान संगठन घोर बिरोध जनाउँदछौ र किसान र देश हितमा प्रयुक्त नहुने यस्तो विकास अबधारणा फिर्ता गर्न हामी जोडदार माग गर्दछौं । ”

वक्तब्यमा भनिएको छ ः “हामी बैज्ञानिक क्रान्तिकारी भूमिसुधार गरेर उत्पादक वास्तविक किसानलाई जग्गाको मालिक बनाउन, प्रति इकाई जमिनबाट अधिकतम उत्पादन लिन र राष्ट्रिय उत्पादन बढाउन तथा देशलाई उन्नत र आत्मनिर्भर दिशातर्फ अगसर गराउन जमिन, जल, जंगल, जडीबुटीमाथि स्थानीय किसानलाई सामुहीक स्वामित्व प्रदान गरेर सामुहीक र सहकारी खेतीतर्फ कृषि प्रणालीलाई उद्यत गराउन र कृषि र किसानको जीवनमा आमूल परिवर्तन ल्याउन राष्ट्रको समग्र बिकास गर्ने स्थिति सिर्जना गर्न जोड दिन्छौ । ”

kissan against bhumi bank.jpg