शुक्रबार, कार्तिक ७ गते २०८३

मेगा बैंकले काठमाडौंमा थप्यो तीन नयाँ शाखा 

चैत्र १०, २०७८ बिहीबार
मेगा बैंकले काठमाडौंमा थप्यो तीन नयाँ शाखा 

मेगा बैंक नेपाल लिमिटेडले बिहीबार एकैसाथ काठमाडौंमा तीनवटा नयाँ शाखाको कारोबार सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौंको बागबजार, गौशाला र कोटेश्वरमा नयाँ शाखाहरु विस्तार गरेको हो । योसँगै मेगा बैंकको शाखा सञ्जाल २०७ पुगेको छ । 

अत्याधुनिक बैंकिङ सेवालाई प्राथमिकता दिँदै आएको मेगा बैंकले गुणस्तरीय बैंकिङ सुविधा सँगसँगै शाखा सञ्जाल विस्तारलाई पनि प्राथमिकता दिँदै आएको छ ।