नेपाल कम्युनिष्ट पार्टीको गत २०७८ पौष १७—१९ मा स्थगित भएको एकताको दोश्रो राष्ट्रिय सम्मेलनले यही २०७८ र्चैत्र ११—१२ जनकपुरमा पूर्णता पाउँदैछ । सम्मेलनमा पार्टीको कार्यक्रम र बिधान परिमार्जन सम्वन्धि प्रस्ताव, राजनीतिक प्रतिबेदन, सम्मेलनको आयब्यय बिवरण प्रस्तुत र पारित गर्नुका साथै नयाँ नेतृत्वको निर्वाचन गर्ने जनाइएको छ । पूर्ब निर्णय अनुसार स्थगित सम्मेलनलाई पूर्णता दिन दुइ दिनसम्म चल्ने यो सम्मेलनले राष्ट्रिय अन्तर्राष्ट्रििय महत्वका प्रस्तावहरु पनि पारित गरिने बताइको छ ।

कामरेड पुष्पलालको बैचारिक मार्ग दर्शनमा चल्ने नेपाल कम्युनिष्ट पार्टीको यो सम्मेलन सफल पार्न एक बक्तब्यमार्फत सम्पूर्ण पार्टी पंक्तिलाई आह्वान गर्दै नेपाल कम्युनिष्ट पार्टीका कार्यबाहक अध्यक्ष लोकनारायण सुबेदीले कम्युनिष्ट आन्दोलनमा उत्पन्न भएका बैचारिक, सैद्धान्तिक बिकृति र गैर कम्युनिष्ट चरित्रका अवसरबादी पदलोलुप बिसंगतिका बिरुद्ध सैद्धान्तिक संघर्ष चलाउने र जन समर्पित तथा पार्टी पद्धति र प्रकृया अनुरुप पार्टीको बिकास्, बिस्तार र सुदृढीकरण गर्ने जस्ता महत्वपूर्ण कार्यभार सम्पन्न गर्नुपनेृ भएकाले अनिवार्य र सकृयरुपमा उपस्थित भइ सम्मेलन सफल पार्न पार्टी पंक्ति सबैमा आह्वान गरेका छन् ।
