शुक्रबार, कार्तिक ७ गते २०८३

बिश्वमा आज पुनः बढ्न थालेको शान्तिको महत्व

चैत्र ५, २०७८ शनिबार
बिश्वमा आज पुनः बढ्न थालेको शान्तिको महत्व

आज बिश्व स्तरमा बिभिन्न बिद्वानहरु र बिचारहरुले शान्ति सुब्यवस्थ सुदृढ पार्ने प्रयास तथा आन्दोलनलाई सशक्त तुल्याउन आह्वान गरिरहेका छन् । यतिबेला यूक्रेन संकट अचानक जस्तो किसिमले उग्ररुप धारण गरेर  त्यसमा भएको भयंकर बर्बादीले शान्तिको आवश्यकता अझ बढ्न गएको रेखाङ्कित गरिएको देखिदैछ ।
 संयुक्त राज्य अमेरिकाले पहिला नाटोलाई रुसका छिमेकी देशहरुमा बिस्तार गर्ने जिद्दी लिएकोले ठूलो तनाब पैदा गरिदिएको थियो । अनि त्यसको बिरोध स्वरुप रुसले युक्रेनमाथि हमला गरेर यस स्थितिलाई अझ बढी संकटग्रस्त तुल्याइदिएको छ । यसरी अन्ततः बिश्वका दुइ महाशक्ति राष्ट्रहरुको गल्तीको ठूलो र मूल्य यूक्रेनका जन साधारणले चुकाउनु परिरहेको छ ।
 यस युद्धका बारेमा बिश्व जनमतले के स्पष्ट पारिरहेको छ भने यसलाई शिघ्रातिशिघ रोक्नु पर्दछ । यसका साथै के भन्न पनि अत्यावश्यक छ भने यदि बिश्व स्तरमा सशक्त किसिमको अमच चैन या शान्ति सुब्यवस्थाको आन्दोलनका हुन्थ्यो भने यस्ता तनाबहरुलाई तीब्ररुपमा युद्धको दिशामा बढ्नभन्दा पहिला नै रोक्न सकिने थियो । युद्धको आशंकलाई कम गर्नु बिश्वका लागि सदा सर्बदा नै एउटा निकै सार्थक उदेश्य रहँदै आएको छ । तर कतिपय बिशेष कारणहरुले गर्दा हालैको समयमा यसको आवश्यकता पहिले कहिल्यैभनदा अझधेरै बढ्न पुगेको छ । यसको पहिलो कारण त के हो भने महाबिनाशकारी हात हतियारको उपलब्धताले युद्ध आज असहीनय हदसम्म बिनाशकारी हुनपुगेको छ । आज बिश्वमा परमाणु हतियारहरु नौ देशहरुसँग रहेका छन् तथा केही अन्य देशहरुमा अमेरिकाले यत्सा हता हतियार तैनाथ या भण्डारण गरेको  छ । 

peace.jpg
 अन्य कतिपय देशहरुसँग लुकाई छिपाई राखिएका रासायनिक तथा जैबिक हतियारहरु रहेको आशंका पनि गरिन्छ । आजकल सामान्य हातहतियार पनि पहिलाको तुलनामा धेरै बिध्यंशक बनाइसकिएका छन् । स्टकहोम इण्टरनेशनल पीस रिसर्च इन्स्टिच्यूटको बार्षिक प्रतिबेदन २०१८ कै उल्लेखलाई ध्यान दिने हो भने बिश्व सुरक्षाको स्थितिको प्रामाणिक जानकारी धेरै हदसम्म गर्न सकिने बिज्ञ अध्येताहरु बताउदै आएका छन् । त्यस प्रतिबेदनमा के बताइएको उल्लेख गरिन्छ भने बितेको एक दशकयता बिश्वको सुरक्षा स्थिति उल्लेखनीयरुपमा पहिलाभन्दा अझ बिकट हुन पुगेको छ । बिश्वको सैन्य खर्च तथा हातहतियार ब्यापार एउटा उच्च स्तरमा स्थिर रहेको छ । सन् १९१७ मा १७३९ अर्ब डलर   सैन्य खर्च भएको अभिलेख । बिश्वका नौ देशहरुसँग १४,६६५ परमाणु हतियारको भण्डार छ । तीमध्ये ३७५० त तिनलाई सञ्चालन गर्ने दलबलका साथ तैनाथ गरिएका छन् । ती मध्ये पनि २००० परमाणु हतियारको तैनाथी यस्तो रहेको छ कि तिनको उपयोग अति शिघ्र किसिमले हुनसक्छ । परमाणु शस्त्रास्त्रलाई बढाउने, तिनको बिध्वंसात्मक क्षमतालाई अभिबृद्धि गर्ने तथा तिनमा हमलाकारी क्षमता बृद्धि गर्ने र त्यसमा अत्याधुनिक तीबताको बिकास गर्ने तयारी बिभिन्न देशहरु बिशेष गरी संयुक्त राज्य अमेरिका, रुस, चीन लगायत परमाणु शक्ति राष्ट्रहरुले गरिरहेका छन् । अर्को महत्वपूर्ण कारण के छ भने बिश्वमा जलवायु परिर्बतन जस्ता कतिपय अत्यन्तै गम्भीर पर्याबरणीय समस्याहरु यति बेला खडा भइसकेका र चर्केका छन् जसले यो धरतीको जीवनदायिनी क्षमतालाई नै अभूतपूर्ब खतरामा पारिरहेका छन् । यसलाई रोक्नका लागि निकट अन्तर्राष्ट्रिय सहयोग तथा शान्ति सुब्यवस्थाको महोल हुनु अत्यन्तै जरुरी छ । छिमेकी देशहरुका बीच बिशेष गरी बढ्दो सहयोगको आवश्यकता छ । युद्ध तथा युद्धजन्य परिस्थितिमा बढ्दो अन्तर्राष्ट्रिय सहयोगको निरन्तरताले यस्तो स्थिति निर्माणमा सहयोग पुग्दैन, सम्भव छैन । तेश्रो ठूलो कारण के छ भने युद्ध मानब जीवनका लागि अत्यन्तै बिनाशकारी हुनुकासाथै सबैभन्दा ठूलो प्रदुषक पनि मानिन्छ । ग्रीन हाउस(हरित गृह) ग्यासको एउटा ठूलो श्रोत युद्ध या युद्धका तयारी हो तथा धेरै अन्य प्रदुषणकारी हतियारहरुको निर्माण तथा तैनाथी आदिसँग सम्बन्धित कुरा छन् । 
 जहाँ एकातिर युद्ध या युद्धको सन्देहलाई कम गर्नु पहिला पहिलाभन्दा धेरै बढी आवश्यकता बन्न गएको छ भने अर्कोतिर दुःखद बास्तविकता के छ भने हालैका दशकमा बिभिन्न देशहरु युद्धका कारण नाराम्रोसँग तहस नहस बन्न पुगेका छन् । इरान–इराक युद्ध सन् १९८०–१९९० को दशमा पाँच लाख मानिसको जीवन लिला समाप्त भयो । त्यसपछि इराकमाथि अमेरिका तथा उसका मित्र देशहरु तथा नाटोले गरेका दुइटा हमला तथा प्रतिबन्धमा परेर लाखौं मानिसहरुको मृत्यु भयो । बर्षौंदेखि चल्दै आएका युद्धहरुमा अफगानिस्तान,, सीरिया, यमन लगायतका देशहरुमा भयंकर ठूलो बर्बादी ब्यहोर्नु परिरहेको छ । त्यसरी नै नाइजेरिया, सुडान, इथोपियाका गृहयुद्धहरुमा पनि लाखौले ज्यान गुमाउनु परेको हो । 
 यस प्रकारको अति नै बिकट परिस्थितमिा बिश्व स्तरमै के कुराको अत्यावश्यकता खट्किरहेको छ भने युद्धको सम्भावनालाई रोक्नका लागि तथा अमन चैन कायम गर्न र त्यसलाई निरन्तरता दिनका लागि गरिने प्रयासहरुलाई आज तीब्रता दिइनु पर्ने अबस्था आइपरेको छ । त्यस्ता प्रयासहरुालई सबल तुल्याइनु पर्ने र तिनलाई निरन्तरता दिनुपर्ने आवश्यकता अझ बढेको छ । वास्तवमा यस्ता प्रयासलाई बृहत जन अभियानकैरुपमा अघि बढाउनु पर्ने आवश्यकता बनेको छ । यसको आवश्यकता वास्तवमा पहिला नै पनि थियो । तर शान्ति सुब्यवस्थााको जुन ठूलो आवश्यकता आज परेको छ त्यस्तो बिगतमा कहिल्यै परेको थिएन । यस प्रकारका अभियानलाई सबल तुल्याउनका निमित्त शान्ति अभियानलाई महिला आन्दोनल, न्याय, समानता तथा जनतान्त्रिक आन्दोलन तथा अभियानसँग निकट सम्वन्ध बनाएर लैजानु पर्ने आज सर्बोपरी आवश्यकता बन्न पुगेको छ । 
 शान्तिको सन्देशलाई सबल तुल्यानमा महिला समुदायको बृहत ताथ महत्वपूर्ण भूमिका हुन सक्तछ । पाठ्यक्रमहरुमा पनि  बिभिन्न स्तरमा शान्ति, अमन चैनका सन्देशहरुलार्इृ महत्व दिन सकिन्छ ।  यदि पूरै निष्पक्षतापूर्बक मानिसहरुका समक्ष सत्य के हो भन्ने कुरा राख्ने हो भने गल्ती सुधार्न लगाउन बिश्व जनमतको दबाब बढ्ने छ ।  अहिलेको चूनौत के छ भने  यूक्रेन युद्ध तत्काल अन्त्य होस् । बिश्वका अगाडि त यो भन्दा ठूलो चूनौति के छ भने भबिष्यमा यस्ता आक्रमण तथा युद्धहरुको सम्भावनाहरुलाई न्यून गर्दै समाप्त तुल्याउने परिबेशको निर्माण गरिनु पर्दछ । शान्ति आन्दोलनको उदेश्य पनि त्यही नै हो ।