शुक्रबार, कार्तिक ७ गते २०८३

सिटिजन्स बैंकको १५औं वार्षिकोत्सवलक्षित आकर्षक योजना सार्वजनिक

चैत्र ४, २०७८ शुक्रबार
सिटिजन्स बैंकको १५औं वार्षिकोत्सवलक्षित आकर्षक योजना सार्वजनिक

सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो १५ औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक योजनाहरु सार्वजनिक गरेको छ ।

बैशाख ७ गतेको वार्षिकोत्सव लक्षित गर्दै बैंकले चैत ७ गते देखि वैशाख ७ गते सम्म १ महिनाको अवधिमा विभिन्न सेवा सुविधामा भारी छुट र क्यास ब्याक लगायतका  योजनाहरु सार्वजनिक गरेको हो ।

ती योजना अन्तर्गत डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले पिओएस मेसिन र अनलाईन मार्फत १ हजार वा बढीको कारोबार गर्दा २०० क्यासब्याक पाउनेछन् । यसैगरी पहिलो पटक क्युआर कोड मार्फत भुक्तानी गर्ने ग्राहकहरुको लागि १०० को क्यासब्याक पाउनेछन् ।

डिजिटल भुक्तानीको अर्को माध्यम इ–कम कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले योजना अवधी भरमा इ–कम कार्ड लिन चाहने ग्राहकलाई  कार्ड निःशुल्क रुपमा उपलब्ध गराउने जानकारी दिएको छ ।

त्यसैगरी, बैंकले ५ लाखसम्मको दुर्घटना मृत्यु बीमा तथा ५० हजारसम्मको स्वास्थ्य बीमा सुविधा सहितको सिटिजन्स संरक्षित बचत खाता खोल्दा बचतकर्ताहरुको लागि निःशुल्क डेबिट कार्ड, मोबाइल र इन्टरनेट बैंकिङ्ग, डिम्याट खाता प्रदान गर्नुका साथै देशभरका कुनै पनि बैकको एटिएमबाट निः शुल्क रकम निकाल्न सकिने व्यवस्था रहेको बैंकले जनाएको छ ।