शुक्रबार, कार्तिक ७ गते २०८३

बीओकेको ७ वर्षे ऋणपत्र आउँदै, विक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल

चैत्र ४, २०७८ शुक्रबार
बीओकेको ७ वर्षे ऋणपत्र आउँदै, विक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल

बैंक अफ काठमाण्डूले १ अर्ब १० करोडको ऋणपत्र(डिबेञ्चर) जारी गर्ने भएको छ । बैंकले सो रकम बराबरको १ हजार अंकित दरको ११ लाख कित्ता ऋणपत्र जारी गर्ने भएको हो । ऋणपत्रको अवधि ७ वर्ष रहेको छ भने वार्षिक ब्याजदर १०.५० प्रतिशत रहेको छ ।

ऋणपत्र जारी गरी विक्रीवितरण गर्न एनआईबिएल एस क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रवण लाल मास्के र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

बैंकले हाल ९९ शाखा, ८७ एटिएम र १० एक्सटेन्सन काउन्टरहरुका मार्फत ग्राहकहरुलाई विविध बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।