शुक्रबार, कार्तिक ७ गते २०८३

सद्भाब पर्व फागु पुर्णिमा आयाे जुनेली रातमा हर्षले मन छायाे

चैत्र ३, २०७८ बिहीबार
सद्भाब पर्व फागु पुर्णिमा आयाे जुनेली रातमा हर्षले मन छायाे

phagu.jpg

*सीताराम थापा

रङ्गहरुकाे पर्व हाेलि पर्व आयाे\

फागु पुर्णिमाकाे मायाले बाेलायाे

फुट,अनेकता,अबिश्वासकाेसंस्कृतिमा

एकता,सद्वभाब,खुसिकाे पालुवा पलायाे !

हाेलिका बग्रेल्ती रंगका थुप्राले

शीरदेखि पाउसम्म पोत्ने रहर जगायाे !

क्हरमा रंगहरुसँग खेल्ने रहरमा

भिजेकाे अधरमा फर्ने दिन आयाे

गुम्नाम भएकाे हाम्रा मनहरुमा

सप्तरङ्गि ईन्द्रेणिमा मिलनकाे दिन

रंङ्गिन पानिले नुहाउने दिन आयाे!

रङ्गहरुकाे पर्व फागु फुल्दै आयाे

बिबिधताकाे बिच एकता छायाे!

हिउद वर्षा छलि घाम लाग्ने बेला

रंगिन फुलहरु संग खेल्ने दिन आयाे 

सद्भाबकाे पर्व फागु पुर्णिमा आयाे

जुनेलि रातमा हर्षले मन छायाे।

 थापा अभियान्ता एवं लेखक हुन।