शनिबार, आश्विन १७ गते २०८३

दुरसञ्चार प्राधिकरणले आइएसपीहरूलाई दियो गैरकानुनी वेबसाइट बन्द गर्न निर्देशन

चैत्र १, २०७८ मंगलबार
दुरसञ्चार प्राधिकरणले आइएसपीहरूलाई दियो गैरकानुनी वेबसाइट बन्द गर्न निर्देशन

 

सरकारले क्रिप्टोकरेन्सी, हाइपरफण्ड, अनलाइन जुवा लगायतका गैरकानुनी कारोबारमाथि कडाइ गर्दै लगेको छ । यसै क्रममा नेपाल दूरसंचार प्राधिकरणले क्रिप्टोकरेन्सी, हाइपर नेटवर्किङ, अनलाइन जुवा लगायतका कारोबार गर्न सघाउने गैरकानूनी वेबसाइट र एपहरु बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ। 

प्राधिकरणले त्यस्ता क्रियाकलापहरु नेपाल भित्र प्रयोग, संचालन र व्यवस्थापन गर्न नसकिने गरी प्रतिबन्ध लगाउन आइएसपीहरुलाई ताकेता गरेको हो।अर्थमन्त्रीस्तरीय निर्णय गर्दै सरकारले यसअघि नै भर्चुअल माध्यमबाट हुने अवैध आर्थिक कारोबार माथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। 

सोही निर्णयलाई संचार मन्त्रालयले फागुन १ गते नै प्राधिकरणलाई पठाउँदै अनलाइन प्रविधिमार्फत् हुने क्रिप्टोकरेन्सी, हाइपर नेटवर्किङ तथा अनलाइन जुवालगायतका क्रियाकलाप रोक्न आवश्यक कदम चाल्न पत्र काटेको थियो। 

सोही पत्रलाई आधार बनाउँदै प्राधिकरणले आइएसपीहरुलाई त्यस्ता गतिविधि माथि प्रतिबन्ध लगाउन निर्देशन जारी गरेको हो।