शुक्रबार, कार्तिक ७ गते २०८३

सानिमा बैंक अब गोरखाको शक्तिचोकमा

फाल्गुण १३, २०७८ शुक्रबार
सानिमा बैंक अब गोरखाको शक्तिचोकमा


सानिमा बैंक लिमिटेडले गोरखाको शक्तिचोकमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय  मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले संयुक्त रुपमा गरे ।

 मह जोडीले गोरखाको शक्तिचोकमा  बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त दिए । त्यसैगरी गोरखा नगरपालिकाका मेयर  राजन राज पन्त सहज रुपमा सबैको पहुँच पुग्ने गरी सेवा प्रदान गर्न सुझाव दिए ।

 बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेद्वारा  ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।  देशका सातै प्रदेशमा १२३ कार्यालय र १०३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।