रुसले यूक्रेनका दुइ प्रान्तलाई अलग्गै राष्ट्रकोरुपमा मान्यता दिएपछि अमेरिका, बेलायत, जर्मनी र यूरोपेली संघ रुससँग अत्यन्तै अप्रसन्न बनेका छन् । उनीहरुले रुसका बिरुद्ध कडा आर्थिक नाकाबन्दी लगाउने निष्कर्श निकालेका छन् । यस सम्वन्धमा यूरोपेली संघले चेतावनी दिदै भनेको छ कि यस्तो प्रतिबन्धले आर्थिकरुपमा रुसको कम्मर भाँचिदिनेछ ।
यसै बीच रुसी राष्ट्रपति पुटीनले पूर्बी यूक्रेनमा सोता पठाउने आदेश दिइसकेका छन् र आबश्यक सैन्य सामाग्रिहरु र रसद पानीकासाथ त्यस क्षेत्रमा अगाडि बढिसकेको छ । रुसको यस्तो कदममले यूक्रेनमा हमला शुरु हुने जुन आशंका गरिदै थियो आज भएका बिभिन्न बिस्फोटले त्यसलाई पुष्टी गरेको छ ।
गएको सोमबार मात्रै रुसले पूर्बी यूक्रेनका दुइ क्षेत्रहरु डोनेत्स्क पिपुल्स रिपब्लिक र जुहाँन्स्क पिपुल्स रिपब्लिकलाई मान्यता दिने आदेश रुसले जारी गरेको थियो । त्यसको बिरुद्ध रुसमाथि कारबाही गर्नेहरुमा अमेरिका र जर्मनी प्रमुखरुपमा रहेका छन् । यस सम्वन्धमा जर्मनीले रुसबाट ग्यास ल्याउनका लागि बनाइदै गरेको नार्ड स्ट्रीम–२ पाइप लाइन प्रकृयालाई रोकिदिइसकेको छ । जापान र बेलायतले पनि रुसमाथि प्रतिबन्धको घोषणा गरिसकेका छन् । अमेरिकाले पनि रुसमाथिको प्रतिबन्धको पहिलो सूचि प्रकाशित गरिसकेको छ । जस अनुसार रुसका दूइ ठूला बित्तीय संस्थानहरु बीईबी बैंक र रुसी सेनाको बैक् प्रोमसियाज बैंक प्रतिबन्धहरुको सामना गर्ने बताइएको छ । प्रतिबन्धले गर्दा रुसले पश्चिमा देशहरुबाट कुनै पनि बित्तीय सुबिधान लिन नमिल्ने स्थिति सिर्जना हुनेछ ।
यसै बीच रुसले स्पष्ट गरिसकेको छ कि यो समस्याको एक मात्र समाधान यूक्रेनले नाटो सदस्यता बन्ने बिचारलाई त्यागिदिनु पर्दछ । पुटीनका अनुसार ‘सर्बोत्तम समाधान यही हो कि मौजूदा यूक्रेन सरकारले स्वयं नाटो सदस्यता नकार्नु पर्दछ र सैन्य गुट निष्पक्ष रहनु पर्दछ’ ।
पुटीले अन्तर्राष्ट्रिय समुदाय समक्ष पनि केही मागहरु प्रस्तुत गरेका छन् । त्यसमा क्रिमियालाई रुसको हिस्साकोरुपमा मान्यता दिनुपर्ने माग पनि रहेको छ । यूक्रेनमाथिको रुसी कारबाहीलाई सोमबार राती बसेको संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको संकटकालीन बैठकले कुनै समर्थन प्राप्त भएन ।
रुसी सैनिक शान्तिरक्षक सैनिककारुपमा अलग्गिएका क्ष्मेत्रमा रहने बताइएको छ । तर रुसी सेनाका गतिबिधिहरु यूक्रेनमाथि एउटा अर्को आक्रमणको बाहना मात्र हुन् भन्ने पनि बिश्लेषण गरिदैछ । रुसको कारबाहीलाई अमेरिकाले कुनै सैन्य प्रतिबाद गर्न सक्तैन । किनकि अफगानिस्तानबाट अमेरिका नराम्रोसँग हिम्मतहीन भएर निस्केको पनि टिप्पणी पनि भइरहेका छन् ।
अर्कोतिर चीन खुलेर नआए पनि रुसकैपक्षमा खडा हुने स्थिति देखिन्छ । यस स्थितिमा स्पष्ट छ कि पुटीन अमेरिका र पश्चिमा शक्तिलाई आफ्नो हैसियत महसुश गराउन कस्सिएको देखिदैछ । यद्यपि बिश्वका अन्य मझौला शक्तिका देशहरु संयंतापूर्बक र सन्तुलित किसिमले समस्या सुल्झाइनु पर्दछ भन्ने खबरदारी पनि गरिरहेका छन् । युक्रेन समस्या कतै बिश्व युद्धको आरम्भको बिन्दू बन्ने हो कि भनेर सर्बत्र चिन्ता र चासो बढिरहेको छ । यस्तो भयो भने स्थिति अझ खराब र भयावह बन्ने देखिन्छ ।