रुसी राष्ट्रपति भ्लादिमिर पुटीनले पूर्बी यूक्रेनको डोनबस क्षेत्रमा सैन्य कारबाहीको घोषण गरे लगत्तै युक्रेनको राजधानी कीभसहित देशका विभिन्न भागमा श्रृखलाबद्ध विष्फोटन भएको बिबिसी लगायत बिश्व समाचार संस्थाहरुले जनाएका छन् । पाँच छ ठाउमा यस्ता बिस्फोटहरु भएको त्यो देशका विभिन्न भागहरूमा पनि यस्ता विस्फोटन भइरहेका विवरण आएको बीबीसीले जनाएको छ ।
रुसी राष्ट्रपति पुटिनले युक्रेनको डोनभास क्षेत्रमा सैन्य अभियान चलाउन आफ्ना सेनालाई निर्देशन दिएका थिए । उलने पूर्वी युक्रेनमा आफ्ना सेना परिचालन गरिएको त्यहाँ रहेका युक्रेनी सेनालाई तत्काल त्यो स्थान छाड्न पनि भनेका थिए । यद्यपि उनले टेलिभिजनमा सम्वोधन गर्दै यूक्रेन कब्जा गर्ने आफ्नो नीति नभएको पनि जनाइरहेका थिए ।
राजधानी कीभमा कम्तिमा पाँच वटा विष्फोट भएको बीबीसीको समाचारमा जनाइएको छ। कीभ नजिकैको विमानस्थलमा समेत गोली चलेको खबर अन्य अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले पनि दिएका छन् । राष्ट्रपति पुटिनले भनेका थिए ः ‘युक्रेनका जनताले स्वतन्त्र ढंगले आफ्नो मुलुक चलाउन पाउनुपर्छ।’ युक्रेनको आन्तरिक मन्त्रालयले भने रुसले आक्रमण शुरु गरेको बताएको छ।
युध्दजन्य स्थिति उत्पन्न हुन थाले पछि युक्रेनले देशमा संकटकालको घोषणा गरिसकेको छ ।