बिश्वको सबैभन्दा धनी र सम्पन्न देश मानिने अमेरिकामा ६० लाख बाल बच्चा गरीबी झेलिरहेका परिवारमा छन् र यो अमेरिकाका बाल बच्चाको गरीबीको स्तरले यस भन्दा पहिलाका सबै रेकर्ड तोडेको स्थिति हो । बृटेनका निर्मातृ तथा लेखा जेजा न्यूमनले ८ बर्ष अघि त्यस्ता बाल बच्चाका बीच गएर अमेरिकाको आयोवा राज्यमा बसोबास गर्ने दश बर्षकी केली हेवुड तथा उनकी बहिनीसँग कुराकानी गरेर थाहा पाइन् कि कस्तो किसिमले उनीहरुको जीवन चलिरहेको छ ।
केली हेवुडकी सात बर्षीय बहिनी टायलालाई भोकले सताउदा खेरि त्यतिबेला उनले खानेपिउने बारेमा सोच्न बन्द गर्ने गरेको बताइन् । उनले भनिन् 'म भोकी छु, हामीलाई दिनको तीन पटक खाना मिल्दैन । कतिपय दिनमा बिहान उड्दा अत्यन्तै कमजोरी महसुश हुन्छ । त्यतिबेला म उदास हुने गर्छु । खानेका बारेमा नसोचेर यदि कुनै अरु बिषयमा सोच्ने हो भने भोक लाग्दैन' । केली हेवुड भन्छिन् 'कहिले राम्रो दिन आउछ कहिले नराम्रो, कहिले हामीले सुख्खा खाना खानु पर्दछ कहिले हामीसँग दाल पनि हुन्छ कहिले हुदैन। जतिबेला टेलिभिजनमा कसैले खाना पकाउदै गरेको कार्यक्रम हेर्छु मलाई भोक लाग्न थाल्छ । मनमा लाग्छ त्यो टेलिभिज पर्दाभित्र गएर सबै खाना खाइ हालुँ ।

आयोवामा खेतीपाती निकै राम्रो हुन्छ ।तर केली जस्ता कति गरीब बाल बच्चाले त्यहाँ खाना खान पाएका छैनन होला ! खानाका लागि पैसा जम्मा गर्न केली र उनका साथी जोर्डन प्रायजसो रेलको लिकको किनारै किनारा टाढासम्म जाने गर्दछन् । केलीले भनिन् 'जोर्डन मेरो सबैभन्दा असल मित्र हो । म र ऊ रेलको लिकको किनारै किनार गएर खाली बट्टाहरु बटुल्छौ र त्यसलाई बेचेर पैसा जम्मा गर्दछौ' । जोर्डनले भन्यो 'खाली बट्टाहरु रिसाइक्लिङ्ग अर्थात पुनर्प्रशोधन हुने गर्दछ । मैले यस्ता एउटा खाली बट्टा बराबर पाँच सेण्ट पाउछु' ।
बितेको दश बर्षता आयोवाको आर्थिक स्थिति निकै खराब भएको छ । केलीले भनिन् 'स्कूल जान त अन्यन्तै मन लाग्छ तर मेरी आमाले मलाई बिद्यालय पठाउन पनि सक्दिनन् । उनले थप भनिन् 'हामीसँग घरको बिल तिर्नका लागि पैसा थिएन । त्यसले गर्दा हामीले आफ्नो घर छोड्नु पर्यो । मैले आफ्नो स्कूल, आफ्ना साथीहरु र शिक्षकहरुलाई छोड्नु पर्यो । त्यो बेला मेरो लागि राम्रो समय थियो । तर अहिले मेरी आमाले मलाई स्कूल पठाउन सक्दिनन् । स्कूल जाने मन भएर मात्र के गर्नु - राम्रो शिक्षा प्राप्त नहुँदा पैसा कमाउन सकिदैन अनि पैसा नभए पछि घर पनि हुदैन' । यसरी स्कूल जान नपाउदा आफु सडक बालक रुपमा हुन्छु र त्यतिबेला मैले दोकानबाट चोरी गर्नुपर्ने स्थिति आउछ । म यस्तो गर्न चाहन्न' । केलीलाई नाच्न अत्यन्तै मन पर्छ । उनी भन्छिन् 'म एउटा ठूली नर्तकी बन्न चाहन्छु । मलाई यसैमा आफ्नो भबिष्य छ भन्ने लाग्छ' । उनले थप भनिन् 'परिस्थिति जे जस्तो भए पनि मानिसले कसैलाई पनि भबिष्यको सपना देख्नबाट रोक्न त सक्तैन नि !