शुक्रबार, कार्तिक ७ गते २०८३

इतिहासको रचना

फाल्गुण १०, २०७८ मंगलबार
इतिहासको रचना
Karkitanka.jpg
टंक कार्की 
सोभियत सत्ताको लगभग ७२ वर्षको कार्यकालमा सोभियत कम्युनिष्ट पार्टीका पूर्ण तथा वैकल्पिक गरेर जम्माजम्मी ३७०० केन्द्रीय कमिटी सदस्य भए | (सन् १९३४मा पार्टीको केन्द्रिय कमिटिमा ७१ जना पूर्ण सदस्य थिए, सन् '७६मा आई पुग्दा त्यस्ता सदस्य २८७ पुगेका हुन् |) ति मध्ये जम्मा तीन जना मात्रै केन्द्रीय कमिटी सदस्यका छोरा थिए : लिओनिद ब्रेझनेभका छोरा युरी ब्रेझनेभ, आन्द्रेय झदानोभका छोरा युरी झदानोभ र मार्शल आई गोभोनोभको छोरा जनरल भी गोभोनोभ |
त्यस अवधिमा भएका सोभियत सेनाका २० हजार जनरलमा तिनका छोराहरु मध्ये मुस्किलले १०० जति मात्रैले जनरल हुने मौका पाए होलान् | लेनिनकी जीवन संगिनी क्रुप्स्कायाको कम्युनिष्ट आन्दोलनमा आफैमा लामो, प्रतिवद्ध र सक्रिय भूमिका हुँदाहुँदै पनि लेनिनको अवसान पछि उनलाई सोभियत संघले राष्ट्रपति बनाएन, किनभने उनि भन्दा वरिष्ट अरु थुप्रै थिए | यो सब सांस्कृतिक सामन्तवादसंगको लरतरो छलाङ्ग थिएन |
तर त्यति मात्रै पर्याप्त भएन | पछि क्रमशः के पनि भयो भने पार्टीको माथिल्लो सोपानमा बस्नेहरुले दास युगिन मुल्य अनुसरण गर्दै लगे - नोकरशाहीतन्त्रले आफुलाई मालिकको रुपमा प्रतिष्ठापित गर्यो | निर्णय प्रक्रियामा सानो कोटरीको हालीमुहाली हुन थाल्यो | सोभियत कम्युनिष्ट पार्टीको गर्भगृहमा गैर कम्युनिष्टहरुले भित्रभित्रै नियन्त्रण गरी सकेका र विशाल जालो बनाई सकेका थिए | यस नयाँ वर्गको लालनपालनको निम्ति सामाजिक उत्पादनको ठुलो हिस्सा झ्वाम (shiphon) हुन थाल्यो |
छोटो अवधिमा अतुलनिय औद्योगिकीकरण गरेको मुलुकमा सामाजिक उपभोग्य वस्तुको गुणात्मक विकास हुन सकेन | समाजको आर्थिक संरचना खलबलियो | अनि भने समाजमा शासन प्रणाली (regime) प्रति नै वितराग (alienation) बढ्न थाल्यो | हुँदाहुँदा जे नियति भोग्नु थियो, अन्ततः भयो त्यहीं नै | अक्टोवर क्रान्तिले स्थापित गरेको सोभियत समाजवादी प्रणाली नै गर्ल्याम गुर्लुम ढल्यो |
इतिहास रचनाको आफ्नै गति शास्त्र छ |
साभार : टंक कार्कीजीकाे मुहारपुस्तिका