शनिबार, आश्विन १७ गते २०८३

एमसीसीको विपक्षमा मतदान गर्छौंः गुरुङ, सरकार छाड्दैनौंः चौधरी, दोधारे प्रवृत्ति: गौतम

फाल्गुण ९, २०७८ सोमबार
एमसीसीको विपक्षमा मतदान गर्छौंः गुरुङ,  सरकार छाड्दैनौंः चौधरी,  दोधारे प्रवृत्ति: गौतम


नेकपा (माओवादी केन्द्र) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले आफ्नो पार्टीले एमसीसीको विपक्षमा मत हाल्ने स्पष्ट बताएका छन् । एमसीसीलाई लिएर आफ्नो पार्टीले दोहोरो चरित्र नदेखाउने पनि उनको दाबी छ ।

रिपोटर्स क्लबको साक्षात्कारमा बोल्दै नेता गुरुङले पार्टीले सरकारबाट बाहिरिने पनि निर्णय गरिसकेकोले अब कुन दिन बाहिरिने भन्ने मात्रै रहेको पनि सुनाए । उनले भने,‘पार्टीले सरकारबाट हट्नुपर्छ भन्ने निर्णय गरिसकेको छ । अब कुन दिन हट्ने भन्ने कुरा छिट्टै निर्णय हुन्छ ।’ आफूहरुले एमसीसी टेबुल गर्ने विषयमा पनि आपत्ति जनाएको र कार्यव्यवस्था परामर्श समितिको बैठकमा फरक मत राखेको सुनाए ।

एमसीसीको बारेमा विगत कालदेखि नै आफूहरुले विरोध जनाएको उनको भनाई छ । उनले भने,‘यो सम्झौता जुन परिवेशमा भयो, यो राष्ट्रिय हितअनुकुल भएन । राष्ट्रिय स्वार्थलाई प्रतिकुल बनाउने प्रावधान राखिएका छन् । यो सम्झौता संशोधन गरेर राष्ट्रिय हितअनुकुल बनाईएमात्रै अघि बढाउन सकिन्छ भनेर तत्कालिन नेकपा कालमा भनेका थियौं । झलनाथ खनाल नेतृत्वको कार्यदलले प्रतिवेदन बनाएको थियो । एमसीसी सारमा यो आईपिएसको अंग हो भनेर अमेरिकी अधिकारीले पनि भनेका छन् । एमसीसीलाई स्विकार गर्ने कुरा हुँदैन् । आर्थिक परियोजनाको रुपमा परिणत गर्न तयार हुने कि नहुने ? यो मुख्य कुरा हो ।’

नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले प्रचण्ड र माधव नेपालका पार्टीले अब सरकारमा बस्ने नैतिक अधिकार गुमाईसकेको बताएका छन् । उनले भने,‘उहाँहरुले अब सरकारमा बस्ने नैतिक अधिकार गुमाईसक्नुभएको छ । यो गठबन्धनमा रहने कुरा पनि गुमाउनुभएको छ ।’

एमसीसीबारे नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दोहोरो भूमिका खेलेको गौतमको टिप्पणी छ । उनले भने, ‘उहाँहरु सरकारमा पनि हुनुहुन्छ। क्याविनेटमा झण्डा पनि हल्लाउनु भएको छ । अर्कोतिर सडकमा मुर्दावाद पनि भन्दै हुनुहुन्छ । यो भूमिका राम्रो होईन् ।’

उनले अमेरिकालाई नेपालमा आउन एमसीसी नचाहिने पनि टिप्पणी गरे । उनले भने,‘एमसीसी पास गराउने कुरामा एमालेसँग हामी विश्वस्त छौं । उ सकारात्मक रुपमा आउँछ । एमसीसी पास गर्छ । एमसीसी पास गर्ने कुरा यो त कलंकको टिका होईन, यो समृद्धिको रातो टिका हो ।’

गौतमले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा एमसीसी प्रस्ताव संसद्मा लैजाँदै गर्दा पनि कांग्रेस यसको पक्षमा उभिएको स्मरण गराए । उनले भने,‘हामी द्वैध मनस्थितिमा छैनौं । नेपाललाई अन्रर्राष्ट्रिय शक्तिको क्रिडास्थल बनाउन खोजियो । नेपालका कम्युनिष्ट पार्टीको भूमिका देखेर दुःखी छौं ।’

उनले अहिलेको पाँच दलीय गठबन्धन आवश्यकताले बनेको पनि जिकिर गरे । उनले भने,‘हामी प्रतिपक्षीमा हुँदा पनि रचनात्मक भूमिका खेल्यौं । कम्युनिष्ट सरकारलाई सफल भएको हेर्न चाहेका थियौं । दुई तिहाई बहुमतको सरकार त बन्यो नि भनेर खुशी थियौं । ओली सरकार अधिनायक बाटोमा जान थाल्यो, संवैधानिक प्रावधान कुल्चिन थाल्यो । ओलीले आफ्नो घर नै बचाउन सक्नुभएन । प्रचण्ड, माधव नपालले सबै मिलेर देउवालाई प्रधानमन्त्री बनिदिनुहोस भनेर आग्रह गर्नुभएको थियो । हाम्रो सभापति देउवाजी प्रधानमन्त्री बन्न लालायित हुनुहुन्थेन ।’

नेकपा (एकीकृत समाजवादी) सांसद मेटमणि चौधरीले एमसीसी पास वा फेल जे भएपनि आफ्नो पार्टी सरकारबाट नबाहिरिने बताएका छन् । उनले सरकारलाई दिएको समर्थन पनि फिर्ता नहुने जिकिर गरे । उनले एमसीसीमा मतदान हुने दिन आफ्नो पार्टीका सांसदहरुले बहिष्कार पनि नगर्ने र तटस्थ पनि नबस्ने भन्दै विपक्षमा मतदान गर्ने स्पष्ट पारे ।

उनले भने,‘अहिले एमसीसी सदनमा टेबुल भयो । हामी किन यसको विरोधमा छौं भन्ने कुरा धेरै पहिलेदेखि नै भनेका छौं । हामी त जनताको हितमा कुरा गर्छौं । जनतामा एमसीसीविरुद्धको मनौवैज्ञानिक छ । यो संवैधानिक हिसाबले बेठिक छ। यो एमसीसी किन सदनमा टेबुल गरियो ? यो गलत छ । यसमा अमेरिकाको नियत नै बेठिक छ । एमसीसी आईपिएसको पार्ट हो भनेर अमेरिकी अधिकारीहरुले भनेका छन, यो भनेपछि यो सुरक्षासँग जोडिएको छ । अमेरिकन अधिकारीहरुले पनि पटक–पटक एमसीसी आईपिएसको पार्ट हो भनेर भनेका छन् ।’

अब एकीकृत समाजवादीले एमसीसीको पक्षमा मतदान गर्छ कि के गर्छ ? भनेर सोधिएको प्रश्नमा चौधरीले भने–‘यही पोजिसनमा एमसीसी लागु हुन दिन्नौं । पास  गर्दैनौं । यो कुरा हामीले जनताले सुन्ने र बुझनेगरि भनिसकेका छौं । अनि संसदमा हामी बहिष्कार र न्यूट्रल पनि बस्दैनौं । विपक्षमा मतदान गर्छौं । गठबन्धनको कुरा के हुन्छ ? त्यो मतलब होइन ।