सत्तारुढ घटकले आज संसदमा एमसीसी टेबुल गर्ने सहमति गरेपछि संसदभवन आसपासको क्षेत्र तनावग्रस्त बनेको छ । एमसीसी विरूद्ध उत्रिएका प्रदर्शनकारीहरुले प्रहरीको ब्यारीकेड तोडेर संसदभवनतर्फ अघि बढ्न खोजेपछि प्रहरीले दर्जनौं सेल अश्रुग्याँस प्रहार गर्नुका साथै पानीको फोहोरा हानेको छ ।
प्रदर्शनकारीले पनि अश्रुग्याँसको सेल प्रहरीतर्फ नै टिपेर फ्याँकिरहेका छन् भने ढुंगाप्रहार गरिरहेका छन् । केहि दिनदेखि केहि बाम घटक लगायत अन्य संघसंस्था नियमित रुपमा एमसीसी विरुद्ध उत्रिँदै आएका थिए । आज संसदमा नै एमसीसी प्रस्तुत हुने भएपछि भने आन्दोलन चर्किएको हो ।