शनिबार, आश्विन १७ गते २०८३

सत्तारुढ गठबन्धन एमसीसी टेबल गर्न सहमत, आजै संसदमा पेश हुने

फाल्गुण ८, २०७८ आइतबार
सत्तारुढ गठबन्धन एमसीसी टेबल गर्न सहमत, आजै संसदमा पेश हुने

 

सर्वत्र विरोधका वावजुद सत्तारुढ गठबन्धन आजै प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसी आजै टेबल गर्न सहमति जुटेको सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले बताएका छन् । 


यसअघि एमसीसी टेबल गर्ने कि नगर्ने भन्नेमा सत्ता गठबन्धनमा फरक फरक धारणा रहदै आएको थियो । नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीले एमसीसी सम्झौता टेबल गर्न नहुने अडानमा थिए । सत्तारुढ दुई दलले एमसीसीको विरोधमा सडकमा कार्यकर्ता नै उतारेका थिए । 

नेकपा–एस का नेता झलनाथ खनालले भने संविधान विपरित गठबन्धनले एमसीसी टेबल गर्ने निर्णय गरेको समेत आरोप लगाएका छन् । एमसीसी अनुमोदन गर्नको लागि ऐन नै नभएको भन्दै उनले भने ‘संघीय ऐन नबनाई संसदमा टेवुल गर्न सकिदैन । यो संविधान विपरित पनि छ । 

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि आफ्नो पार्टीमा यसबारे छलफल नभएको बताएका छन् । उनले आफ्नो पार्टी अझै पनि एमसीसीको विपक्षमा रहेको बताए ।