अमेरिकासँगकाे एमसीसी अर्थात् माइलेनियम च्यालेञ्ज कर्पाेरेशन सम्झाैताका कारण देश नराम्राेसंग बिभाजित हुन पुगेकाेछ । यसकाे समर्थन गर्नेहरु यसका गम्भीर र अस्वीकार्य शर्तहरुलाई स्वीकार्न गर्न उद्यत छन् र बारम्बार संसदबाट अनुमाेदन गराउन लागिपरेका छन् ।
अर्कोतिर ठूलाे सचेत जन समुदाय राष्ट्रघाती एबं जनघाती याे एमसिसी संझाैता कुनै हालतमा संसदमा प्रस्तुत र पारित गरिनु हुन्न भनेर निरन्त्तर संघर्षरत छ । नेपाललाई शक्ति राष्ट्रहरुकाे क्रीडा स्थल बन्न दिइनु हुन्न र नेपालकाे स्वधिनता, स्वतन्त्रता र असंलग्न परराष्ट्र नीतिलाई निरन्तर अक्षुण्ण राखिनु पर्दछ भन्ने जायज र न्यायाेचित कुरालाई जाेडदाररुपमा उठाइरहेकाे छ ।