एमसीसी सम्झौता तत्काल खारेजीको मागसहित त्यसविरुद्ध आन्दोलनरत मोर्चाले विभिन्न संसदमा रहेका दलका प्रमुहरुलाई ज्ञापनपत्र बुझाएको छ । एमसीसी–सम्झौता विरुद्ध संयुक्त जनआन्दोलन, नेपालका प्रतिनिधिहरुले एमसीसी सम्झौता मुलुकको लागि घातक भएको भन्दै सरकार र प्रमुख प्रतिपक्ष दलहरुको भूमिकाको विरोध जनाएका हुन् ।
नेपालको सन्धि ऐन आकर्षित हुने यस्तो सम्झौता गुपचुप रुपमा गरेर प्रकृया समेत नमिलाई संसदबाट पारित गर्न खोज्नु गैरजिम्मेवार र खेदजनक कार्य भएको ज्ञापनपत्रमा उल्लेख छ ।
अमेरिकी सरकारले यो सम्झौता जबर्जस्ती थोपर्न चाहेको उसको हालैका धम्कीपूर्ण अभिव्यक्तिले उजागर गरेको भन्दै कुनै पनि शर्तमा एमसीसी सदनबाट पास गर्नु नहुने र यस अघि भएगरेका सम्पूर्ण क्रियाकलाप समेत खारेज गर्नुपर्ने ज्ञापनमा उल्लेख छ ।
ज्ञापनको पूर्ण पाठ:



