शनिबार, आश्विन १७ गते २०८३

प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग दर्ता

फाल्गुण १, २०७८ आइतबार
प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग दर्ता

 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका ९८ सांसदको हस्ताक्षर सहित प्रधानन्यायाधीशविरुद्ध आइतबार बिहान संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएको हो । 

जबराले न्यायपालिकाको मर्यादामा आँच पुर्याएको, व्यक्तिगत स्वार्थमा लागिपरेको आरोप महाभियोग प्रस्तावमा जिकिर गरिएको छ । प्रधानन्यायाधीशको राजीनामाको माग गर्दै नेपाल बार एसोसिएसनसमेत निरन्तर आन्दोलन रहँदै आएको छ । जबराले राजीनामा नदिएपछि बारले महाअभियोग लगाउन दलहरुको ध्यानाकर्षण समेत गराएको थियो ।

प्रधानन्यायाधीशमाथि महाअभियोग दर्ता हुनेबित्तिकै पदबाट निलम्बित हुने प्रावधान छ । यद्यपि उक्त प्रस्ताव पारित हुनका लागि प्रतिनिधि सभाका दुईतिहाइ सदस्यले स्वीकृत गर्नुपर्नेछ।