शनिबार, आश्विन १७ गते २०८३

जथाभावी दूधको मूल्य बढाइएकोमा मञ्चको आपत्ति, सरकारी निर्देशन उल्लंघन गर्नेलाई कारवाहीको माग

फाल्गुण १, २०७८ आइतबार
जथाभावी दूधको मूल्य बढाइएकोमा मञ्चको आपत्ति, सरकारी निर्देशन उल्लंघन गर्नेलाई कारवाहीको माग

 

व्यवसायीहरुको दवावमा सरकारले दूधको मुल्य बढाएकोमा उपभोक्ता मञ्चले आपत्ति जनाएको छ । माघ १७ गते बसेको नेपाल सरकारको मन्त्री परिषदको बैठकले साविकको दूधको मूल्यमा ६.५२ रुपैयां प्रति लिटर बृध्दि गर्न दूग्ध बिकास बोर्डलाइ सहमति दिएकोमा नै राष्ट्रिय उपभोक्ता मन्चको बिरोध जनाएको हो । 

सर्वसाधारण किसानले बिक्री गर्ने दूधको मूल्य बढाउनको लागि मूल्यबृध्दि गरिएको भनेतापनि सर्वसाधारण किसानले विगतमा पाउनु पर्ने ४९÷– प्रति लिटर नै नपाएको अवस्थामा पुनः ६ रुपैयाँ दिने भन्दै किसानलाई झुक्याउने र उपभोक्तालाई महंगीको मार खेप्न बाध्य बनाएको आरोप मञ्चको छ । दूग्ध बिकास संस्थान, लैनचौरलाई निर्देशन दिए बमोजिम माघ २८ गतेबाट लागु हुने गरी प्रतिलिटर रु. ९÷–  मुल्इ बढाउने निर्णय संस्थानको निर्णय गलत भएको मञ्चले जनाएको छ । सरकारले दिएको निर्देशन अवज्ञा गरी बढि मूल्य तोक्ने काम गरेकोमा संस्थानको व्यवस्थापन माथि कारवाहीको माग संस्थानले गरेको हो । 
 
अर्कोतर्फ दैनिक अत्यावश्यक वस्तुको रुपमा रहेको दूध तथा दूधजन्य पदार्थमा सरकारको नीति निर्देशन बिपरित निजी क्षेत्रका डेरी उद्योग संघ तथा नेपाल डेरी एशोसियशनले र संस्थानभन्दा एक कदम माथि गएर १० रुपैया प्रति लिटर मूल्य बढाउने भनि सार्वजनिक रुपमा गरेको घोषणा प्रति पनि मञ्चले घोर आपति  जनाएको छ । जनाउदछौं । स्थापित नियम कानून तथा उपभोक्ता हित बिपरित कार्य गर्ने उद्योगी व्यवसायी माथि आवश्यक कानूनी कारवाही गरी दूधको मूल्य जथाभावी बढाउने कार्यलाई नियन्त्रण गर्न समेत अपील गरिएको छ ।