शनिबार, आश्विन १७ गते २०८३

हिमालयन जनरल इन्स्योरेन्सको सीइओमा शाह

फाल्गुण १, २०७८ आइतबार
हिमालयन जनरल इन्स्योरेन्सको सीइओमा शाह

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृतमा बिजय बहादुर शाह नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले उनलाई फागुन १ गतेबाट लागु हुने गरी चार वर्षका लागि नियुक्त गरेको हो ।

कम्पनीका निवर्तमान प्रमुख कार्यकारी अधिकृत सुशिल बज्राचार्यले व्यक्तिगत कारण देखाइ कार्यकाल सकिनु डेढ वर्ष अगाडी नै राजिनामा दिए पछि सञ्चालक समितिले शाहलाई नियुक्ति गरेको हो ।

शाह गत साउनमा नेपाल इन्स्योरेन्स कम्पनीबाट बाहिरिएका थिए । संस्थागत सुशासन निर्देशिका अनुसार उनको कुलिङ पिरियड ६ महिना सकिए पछि बीमा समितिले उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्तिका लागि अनुमति दिएको हो ।

शाह नेपाल इन्स्योरेन्स भन्दा पहिला एनएलजीमा दुई कार्यकाल प्रमुख कार्यकारी अधिकृत भएका थिए । ३५ वर्ष भन्दा बढिको कार्यानुभव भएका शाहले नेपाल बीमक संघलाई दुई पटक नेतृत्व गरिसकेका छन् । बरिष्ठ चार्टर्ड एकाउन्टेन्ट शाहले एमबीएसम्मको अध्ययन गरेका छन् ।