शनिबार, आश्विन १७ गते २०८३

फागुन १ गतेदेखि त्रिविले भौतिक उपस्थितिमै पठनपाठन गराउने

माघ २८, २०७८ शुक्रबार
फागुन १ गतेदेखि त्रिविले भौतिक उपस्थितिमै पठनपाठन गराउने

 

त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १ देखि भौतिक उपस्थितिमा पठनपाठन गर्न निर्देशन दिएको छ। साथै स्थगित भएका परिक्षाहरु समेत सुचारु गर्ने त्रिविले जनाएको छ । 

त्रिवि सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले एक सूचना जारी गर्दै सबै स्कुल, विभाग र क्याम्पसलाई आगामी फागुन १ देखि भौतिक उपस्थितिमा पठनपाठन गर्न निर्देशन दिएको हो। सूचनामा स्थानीय निकायसँगको समन्वयमा तोकिएको समयसीमा र मापदण्डभित्र रहेर जोखिम नियन्त्रणका पूर्व तयारी एवं सतर्कता अवलम्बन भनिएको छ । 

दाहालका अनुसार त्रिवि कार्यकारी परिषद्को माघ २५ गते बसेकाे बैठकले कोरोना संक्रमणले रोकिएका परीक्षा सञ्चालन र सम्भव भएसम्म भौतिक उपस्थितिमै कक्षा सञ्चालन तथा स्थगित भएको परीक्षा सुचारु गर्न निर्देशन दिइएको हो।