सरकारले दूधको उपभोक्ता मुल्य प्रतिलिटर ७६ रुपैयाँ बाट बढाएर ८५ रुपैयाँ बनाएको छ । सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले दूधको उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपैयाँ बढाएको हो ।
बढेको ९ रुपैयाँमध्ये प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा किसानले पाउने छन् भने प्रतिलिटर २ रुपैयाँ ४८ पैसा उद्योगीले पाउने सरकारले जनाएको छ ।
सरकारले किसानका लागि दूधको मूल्य वृद्धि गरेपछि डीडीसीले उपभोक्ताका लागि प्रतिलिटर १० रुपैेयाँ बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा प्रस्ताव गरेको थियो । डीडीसीले प्रस्ताव गरेको १० रुपैयाँ बढी भएको भन्दै मन्त्रालयले ८ रुपैयाँसम्म बढाउन स्वीकृत दिएको थियो । तर बुधबार बसेको डीडीसी सञ्चालक समितिको बैठकले प्रतिलिटर ९ रुपैयाँ बढाउने निर्णय गरेको हो ।
उपभोक्ता मुल्य बढाउने विषयमा डीडीसीले नै निर्णय गर्दै आएको छ भने त्यसकै आधारमा अन्य निजी डेरी उद्योगहरुले मूल्य समायोजना गर्ने गरेका छन् ।