
चन्द्रमणि गाैतम
इतिहासमा सबभन्दा कुशल र बहादुर सेनापति मानिएका अलेक्ज्याण्डर द ग्रेट (ई.पू. ३५६–३२३) लाई भारतीयहरू ‘सिकन्दर महान’ को नामले चिन्दछन्। मेसेडोनियनहरूले 'अलेक्जेन्डर'लाई अरबी र फारसी भाषामा 'एस्कन्दर-ए-मग्दुनी' भनिएकोले अपभ्रंसमा भारतीयहरूले सिकन्दर भनेको बुझिन्छ ।
उनी वर्तमान मेसेडोनियाका शासक थिए । तसर्थ उनलाई ‘अलेक्जेन्डर तृतीय’ वा ‘अलेक्जेण्डर मेसेडोनियन’ पनि भनिन्थ्यो । उनलाई विश्व विजेता वा दिग्विजयी शासकका रुपमा उल्लेखित छ । उनको ताकतको जल्दोबल्दो बेला महाभारतकै समकाल हो ।
यिनी प्राचीन मेसेडोनियाका राजाका साथै अजेय योद्धा तथा इतिहासमै चर्चित सैनिक कमाण्डर थिए, जसले दिग्विजय गर्दै ग्रीस, पर्सिया, इजिप्ट र अन्य प्रदेशहरू मिलाएर विशाल साम्राज्य खडा गरे । उनको दिग्विजयलाई रोक्नसक्ने भारतीय राजामा पुरु नै थिए। पुरु भनेका, पुत्रको आयु र वैंश मागेर शारीरिक बिलासिता र मोजमज्जामा डुबेका भनी वर्णित पौराणिक राजा ययातिका छोरा हुन् । पुरुको युग भनेको महाभारतकालीन हो ।
अलेक्ज्यान्डर लड्दै र साम्राज्य विस्तार गर्दै आधुनिक भारतको पञ्जावसम्म आईपुगेका थिए, जसलाई मगधको विशाल सेनाले लखेटेर फिर्ता पठायो ।
तल प्रस्तुत उनको तल्लो मूर्तीको तस्बिर ई.पू. तेस्रो शताब्दीको, खास मूर्तीको रोमन कपी एवं सबभन्दा मिल्दो अनुहारको मानिन्छ।
उनले आफ्नो कार्यकालमा इरान, सिरिया, इजिप्ट, मेसोपोटामिया, फिनिशिया हुँदै भारतको पन्जाबसम्म नै विजय हासिल गरे । ई.पू. ३२९ मा आफ्ना पिता फिलिपको मृत्यु भएपछि उनी सम्राट भएका हुन् । उनी सेनाको सुगठन र उत्साह जगाउने अद्भुत क्षमताका असाधारण व्यक्ति भएकोले नामसँग ‘महान’ (द ग्रेट) भन्ने उपाधि पनि जोडिन्थ्यो ।
माथि लेखिएको उनको भनाई मृत्यु शैयामा भएको बेला आफ्ना अन्तिम इच्छा बताउने सिलसिलामा भनिएको हो भनी इतिहासकारहरूले उल्लेख गरेका छन् । मृत्यु हुने बेलामा आफ्ना चिकित्सकहरूमाथि व्यंग्य गर्दै भनेका थिए रे, “सयौँ चिकित्सकको सहयोगमा म आज मर्दैछु ।”
३२ वर्षको उमेरमा उनको मृत्यु बेबिलोनमा भयो । मृत्युको कारणमा रक्सीबाट कलेजोको बिमारी, ज्वरो वा विषाक्त खाना मानिएको छ । तर मेरिल्याण्ड युनिभर्सिटीको स्कूल अफ मेडिसिनको १९९८ को एउटा वैज्ञानिक रिपोर्टअनुसार उनको मृत्यु टाईफाइडले गर्दा भएको दावी गरिएको छ । प्राचीन बेबिलोनमा मलेरिया पनि व्यापक मात्रामा रहेकोले उनको मृत्यु औलो (मलेरिया) बाटै भएको पनि भनिन्छ । जेहोस उनको निधन संक्रामक महामारीबाटै भएको बुझिन्छ ।
साभार : चन्द्रमणि गाैतमकाे मुहारपुस्तिका