सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद् को आज बसेको बैठकले २०७९ बैशाख ३० मा ७ सय ५३ वटै स्थानीय तहमा एकैपटक निर्वाचन गर्ने निर्णय गरेको हो।
निर्वाचन आयोगले जेठ ५ गतेदेखि स्थानीय तहका सबै जनप्रतिनिधिको कार्यकाल सकिने भन्दै जेठ ४ गते एकै चरणमा चुनाव गर्न सरकारलाई प्रस्ताव गरेको थियो। सरकारले भने मतगणना गरी नयाँ जनप्रतिनिधि आउन समय लाग्ने भएकाले बैशाख ३० मै निर्वाचन गर्ने निर्णय गरेको बुझिएकाे छ।