शनिबार, आश्विन १७ गते २०८३

३५ सय पीडित जग्गाधनीहरूकाे भण्डाफाेर तथा जन दबाब कार्यक्रम

माघ २२, २०७८ शनिबार
३५ सय पीडित जग्गाधनीहरूकाे भण्डाफाेर तथा जन दबाब कार्यक्रम

उपरोक्त सम्बधमा धादिङ्ग जिल्ला ज्यमरुङ्ग गा.विस. हाल नीलकण्ठ नगरपालीका ११ र साविक कटुञ्जे गा.वि.स.हाल नेत्रावती गा.पा. सविक गोरखा जिल्ला थुमि गा.वि.स. हाल आर्केट गापाका विभिन्न क्षेत्रमा भएको जग्गा पुस्तौं पुस्तादेखि भोगचलन गर्दै आएको र नापी हुँदाको वखतदेखि वि.स.२०३२ साल नै रैतान पूर्जा जग्गाधनी रहेको र त्यस बखतमा तेरो तिर्नका लागि भनेर पूर्जामा श्री ५ को वायु गुठी लेख्न तत्कालिन वडा हाकिमको आदेशले लगाएकोमा हिस्सा सिष्टमको समस्या देखाउँदै जग्गाधनीको महलमा श्री ५को वायु गुठी र मोहीमा व्यक्तिको नाम लेखी जग्गा धनीको हक हिस्सा महलमा एक लौटी लेखी कुनै तथ्य र प्रमाण नमिल्ने पूर्जा वितरण गरेको हुँदा निम्न बुँदाका आधारमा यस्ता अवाञ्छित र गैर न्यायिक राज्यआतंक र सम्पत्तिमाथिको व्यक्तिको मौलिक हक कायम गराउन मिति २०७८ माघ २२ गते रिपोर्टर्स क्लबमा यस श्री ५ को वायु गुठी समस्या समाधान समितिको आयोजनामा जनदवाव तथा भण्डाफोर कार्यक्रामको आयोजना गरेका छौ  ।
हाम्रो विरोध र जनदवाव किन ?
१) पुस्तौ पुस्तादेखि भोगचलन र नापी हुँदाका बखतदेखि रैताने रही व्यक्तिको नाममा जग्गाधनी पूर्जा कायम रहेको ।
२) विगतदेखि नै जिल्ला मालपोत कार्यालयमा नगदी तीरो तिर्दै आएको ।
३. विगत समयमा जग्गाधनीले  जग्गा खरिद विक्रि, बैकिङ्ग धितो बन्धक तथा नक्शापास एवं जग्गाको हिस्सा हस्तान्तरण हुँदा कुनै समस्या र वेवधान नरहेको ।
४) वि.स. २०७२ सालमा मालपोत कार्यालयमा नयाँ सफ्टेवयर निमार्ण भई कम्युटर राइज सिष्टम लागू गर्ने नाममा व्यक्तिको नाममा रहेको जग्गाको जग्गाधनी महलमा श्री ५ को वायु गुठी लेख्ने सुरु भएको र हक हिस्सा एकलौटी विना प्रमाण र आधारमा मोहीको महलमा व्यक्तिको नाम लेख्न थालेको ।
५) हिस्सा सिष्टमको नाममा समस्या भएपश्चात् त्यस क्षेत्रका वासिन्दा विभिन्न जनदवाव तथा संघर्षको कार्यक्रमगरि जिल्ला मालपोत कार्यालय, गुठी संस्थान, मालपोत विभागतथा सम्बन्धित निकायबाट जग्गाधनी व्यक्ति नै रहेको भन्ने व्यहोराको पत्रहरु प्राप्त भएको ।
६) कुनैपनि नीतिगत निर्णय सम्बन्धित एवं कानून आधारबिना तथ्य प्रमाण बिना नै जग्गाधनीको महलमाश्री ५ काृे वायु गुठी लेखेको हाल सम्म पनि जग्गा पास लिखितममा जग्गाधनीको महलमा व्यक्ति कै नाम जग्गाफिल्ड बुकमा पनि जग्गाधनीमा व्यक्ति कै नाम र नगद तिरोमा पनि व्यक्ति कै नाम रहेको छ ।
७)मिति २०७८/०६/१७गते  चलानी नं. ३४४ मा गुठी संस्थानबाट भूमिव्यवस्था विभागलाई लेखेको पत्रमा यस क्षेत्रको जग्गा रैताने नम्बरी जग्गा हो भनिपत्रचार भएको मिति२०७७/८/... मा भूमी व्यवस्था तथा अभिलेख विभागको चलानी नं. ७६१ बट मालपोत कार्यालय धादिङ्गलाई साविकमा प्रदान गरेको पूर्जा बमोजिम वितरण गर्नु खरिद बिक्री तथा बैकिङ्ग कारोबार एवं जग्गामा व्यक्तिको स्वामित्व कायमगर्न कुनै व्यवधान नरहेको पत्रचार भएको ।
८) जिल्ला मालपोत कार्यालय मिति व.सि. २०७५।१२। १२ को पत्रचनं ८२४३ मा भू मि व्यवस्था विभागलाई लेखेको पत्रमा जग्गाधनी व्यक्ति नै भएको तर नयाँ प्रणाली अनलाईन सिष्टमको कारण मात्रजग्गा धनीमहलमा श्री ५ को वायु गुठी रहनगएको भन्ने जानकारीको पत्रपचार भई सिष्टम परिवर्तनको लागि आवेदन भएको  पत्र ।
९) माथि उल्लेखित तथ्य तथा प्रमाणको आधारमा यस क्षेत्रको जग्गा व्यक्तिकै रहेको र हामी जग्गाधनी कुनै पनि प्रमाण र तथ्यले श्री ५ को वायुगुठी मान्य हुन नसक्ने हुँदा हाल सबै फाइल भूमि व्यवस्था विभागले नीतिगत निर्णयका लागि भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयमा रोकिएको हुँदा तत्काल यसको निर्णय दिनु र सबै ३५ सय घर धनीको व्यक्तिगत जग्गा माथिको भू–स्वामित्व कायम गरिदिनुहुन सम्बन्धित मन्त्रालय मन्त्रीज्यु समक्ष नेपाल सरकारलगायत सम्पूर्ण सरोकारवाला निकायको ध्यानाकार्षण गराउँदछौं ।
इश्वरी बहादुर लम्साल
संयोजक
श्री ५ को वायु गुठी समस्या समाधान समिति