बुधबार, भाद्र ३ गते २०८३

प्रिमियर इन्स्योरेन्सले १४.२५ प्रतिशत बोनस शेयर दिने

माघ २१, २०७८ शुक्रबार
प्रिमियर इन्स्योरेन्सले १४.२५ प्रतिशत बोनस शेयर दिने


 प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लि। को २८ औं वार्षिक साधारण  सभा  सम्पन भएको छ ।कम्पनीको केन्द्रिय कार्यालयको सभा कक्षबाट भिडियो कन्फरेन्स् मार्फत सम्पन्न सभा सम्पन भएको हो ।

सभामा संचालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष  सूरेश लाल श्रेष्ठले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तूत गरेका थिए । कम्पनीले आ.ब.२०७७।०७८ मा कूल बीमा शूल्क १ अर्व ९० करोड ३६ लाख ११ हजार आर्जन गरि खूद मूनाफा ३४ करोड ७९ लाख १४  हजार आर्जन गरेको छ ।

 सभाले कम्पनीको आ.व.२०७७।०७८ मा चूक्ता पुंजीको १४.२५ प्रतिशतले बोनस शेयर र ०.७५ प्रतिशतले हूने नगद लाभांश रकम बोनस शेयरको कर प्रयोजनार्थ वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।