एनएलजी इन्स्योरेन्सले सेयरधनीलाई १० प्रतिशत बोनस शेयर दिने भएको छ । संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७।७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस र ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बीमा समितिले स्वीकृत दिएपछि इन्स्योरेन्सको आगामी वार्षिक साधारणसभाले लाभांश पारित गर्नुपर्नेछ ।
चुक्ता पुँजी १ अर्ब २० करोड रुपैयाँ छ । १० प्रतिशत बोनस पछि इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ३२ करोड रुपैयाँ पुग्ने छ ।
अघिल्लो आ.व.मा पनि कम्पनीले १० प्रतिशत बोनस र ०।५२६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।