आइतबार, कार्तिक ९ गते २०८३

क्रिप्टोकरेन्सीको कारोवार नर्गन बैंकर्स संघको आग्रह

माघ १२, २०७८ बुधबार
क्रिप्टोकरेन्सीको कारोवार नर्गन बैंकर्स संघको आग्रह


नेपाल बैंकर्स संघले सबैलाई क्रिप्टोकरेन्सी कोरोबार नगर्न आग्रह  गरेको छ । संघले आज विज्ञप्ति जारी गर्दै नेपालमा विदेशी मुद्राका रुपमा क्रिप्टो अर्थात भर्चुअल करेन्सीले मान्यता नपाएकोले गैरकानूनी रुपमा यसको कारोबार नगर्ने आग्रह गरेको हो ।

संघले नेपालमा बस्ने मात्र नभएर विदेशमा बस्ने नेपाली नागरिकहरु समेतले त्यस्तो कार्य गरेको पाइएमा कानून बमोजिम कारवाही हुने बताएको छ । 

‘नेपालमा विदेशी विनिमय वा मुद्राका रुपमा क्रिप्टो र भर्चुअल करेन्सीले मान्यता नपाएको सन्दर्भमा क्रिप्टो र भर्चुअल तथा नेटर्वक मार्केटिङ्ग लगायतका गैरकानूनी वित्तीय औजारमा आवद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पूँजी पलायन हुने भएकोले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकहरु समेतले त्यस्तो कार्य गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने विज्ञप्तिमा उल्लेख छ ।