शनिबार, आश्विन १७ गते २०८३

मुलुकको जनसंख्या २ करोड ९१ लाख पुग्यो

माघ १२, २०७८ बुधबार
मुलुकको जनसंख्या २ करोड ९१ लाख पुग्यो

 

केन्द्रीय तथ्याङ्क विभागले नेपालको जनसंख्या २ करोड ९१ लाख पुगेको जनाएको छ । राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै विभागले मुलुकको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको जनाएको हो ।

यस अघि वि.सं. २०६८ मा जनगणना हुँदा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो । २०७८ मा आइपुग्दा जनसंख्या २७ लाखले बढेको छ । यो १० वर्षको अवधिमा मुलुकको जनसंख्या करिब १० प्रतिशतले बढेको देखिन्छ । । गणना अनुसार पुरुषको संख्या महिलाको तुलनामा बढि रहेको तथ्यांक विभागले जनाएको छ । 


यसपटकको जनगणना २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मंसिर ९ गतेसम्म भएको थियो । परिवार संख्या, महिला र पुरुषसहित जम्मा जनसंख्या र विदेशमा रहेका नेपालीको संख्या आज सार्वजनिक गरिएको हो ।