बुधबार, भाद्र ३ गते २०८३

ज्योति लाइफको प्रिमियम खल्तीबाट भुक्तानी गर्दा रू. १००० क्यासब्याक

माघ १०, २०७८ सोमबार
ज्योति लाइफको प्रिमियम खल्तीबाट भुक्तानी गर्दा रू. १००० क्यासब्याक

अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती डिजिटल’ वालेटले ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा प्रिमियम ‘खल्ती’ बाट तिर्दा रु १००० सम्मको क्यासब्याक पाइने अफर ल्याएको छ।  साथै ५००० सम्म  को खल्ती पोइन्ट्स र पहिलो भुक्तानीमा प्रोमोकोड इन्स्योर १०० प्रयोग गरी रू १०० को क्यासब्याक पनि प्राप्त गर्नेछन्। 

कोरोनाभाइरस महामारीको समयमा डिजिटल भुक्तानीले अर्थव्यवस्थालाई सहज हुने र प्रयोगकर्ताहरुलाई भाइरसको संक्रमणबाटबाट बच्न मद्दत पुग्ने भन्दै डिजिटल भुक्तानी सेवा प्रोत्साहित गर्न यो अफर सुरु गरिएको जनाइएको छ । 

यस सुविधा बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने,  “प्रविधि र विकासको परिवर्तनसँगै, डिजिटाइजेसनको आवश्यकता द्रुत रूपमा बढिरहेको छ। धेरै बीमा ग्राहकहरूले डिजिटल प्लेटफर्म मार्फत आफ्नो प्रिमियम तिर्न रुचाउँछन्। डिजिटल कारोबारलाई अझ प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो अफर ल्याईएको हो।”

रु. ५००० माथिको नविकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले केवाईसी  अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्नेछ।