शनिबार, कार्तिक ८ गते २०८३

आन्तरिक ऋण उठाउने तयारीमा सरकार 

माघ ९, २०७८ आइतबार
आन्तरिक ऋण उठाउने तयारीमा सरकार 


सरकारले चैत मसान्तसम्म १ खर्ब ५०  अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरेको छ । यसअघि सरकारले पुस मसान्तसम्म ६ अर्ब ऋण उठाइसकेको छ । राष्ट्र बैंकले आन्तरिक ऋणपत्र टेजरी बिल, विकास ऋणपत्र, ५ वर्षको लागि नागरिक बचतपत्र र ५ वर्षको लागि वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने छ ।

चैत मसान्तसम्म राष्ट्र बैंकले ४४ अर्बको ट्रेजरी बिल्स बिक्री गर्ने भएको छ । जसमा २८ दिनको लागि ५ अर्ब, ९१ दिनको १२ अर्ब, १८२ दिनको लागि १२ अर्ब र ३६४ दिनको लागि १५ अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ । यस्तै चैत मसान्तसम्म ५४ अर्ब ५० करोड रुपैयाँको विकास ऋणपत्र निष्काशन गर्ने भएको छ । त्यसको लागि २ वर्षको लागि १९ अर्ब ५० करोड ४ वर्षको लागि २५ अर्ब, ५ वर्षको लागि १० अर्ब निष्काशन गर्ने भएको छ ।

यस्तै ५ वर्षको लागि नागरिक बचतपत्र निष्काशन गर्ने छ । जसको रकम २ अर्ब रहेको छ । सरकारले आन्तरिक ऋण उठाउनको लागि राष्ट्र बैंकले विभिन्न विधि अपनाउने गरेको छ । जसमा टे«जरी बिल, विकास ऋणपत्र, ५ वर्षको लागि नागरिक बचतपत्र र ५ वर्षको लागि वैदेशिक रोजगार बचतपत्र रहेका छन् ।