शनिबार, आश्विन १७ गते २०८३

शिखर र आइएमई जनरल इन्स्योरेन्सले पाए हकप्रद निष्काशन अनुमति

माघ ७, २०७८ शुक्रबार
शिखर र आइएमई जनरल इन्स्योरेन्सले पाए हकप्रद निष्काशन अनुमति

 

नेपाल धितोपत्र बोर्डले दुई निर्जीवन बीमा कम्पनीलाई हकप्रद शेयर  निष्काशनका लागि अनुमति दिएको छ ।  धितोपत्र बोर्डको बैठकले शिखर इन्स्योरेन्स कम्पनी र आइएमई जनरल इन्स्योरेन्स कम्पनीलाई हकप्रद शेयर निष्काशनको अनुमति दिने निर्णय गरेको हो ।

शिखरले ५२ करोड ७५ लाख रुपैयाँ र आइएमई जनरलले ४६ करोड ३० लाख रुपैयाँको हकप्रद शेयर निष्काशनका लागि बोर्डबाट अनुमति पाएका हुन् । शिखरले गत जेठ महिनामा बोर्डमा निवेदन दिएको थियो । त्यस्तै आइएमईले भने भदौ महिनामा निवेदन दिएको थियो ।

नेपाल धितोपत्र बोर्ड विगत ५ महिना भन्दा लामो समयदेखि अध्यक्ष विहिन हुँदा बोर्डले हकप्रद तथा प्राथमिक शेयर निष्काशनको अनुमति दिएको थिएन । तर केहि समय अगाडी विभिन्न कम्पनीहरुले हकप्रद शेयर निष्काशनको अनुमति दिनु पर्ने भन्दै बोर्डलाई दवाव दिएकाले बोर्डले यी दुई कम्पनीलाई हकप्रदको अनुमति दिएको बुझिएको छ ।