त्रिभुवन विश्वविद्यालय र यसअन्तर्गतका आंगिक क्याम्पसका सम्पूर्ण सेमेष्टर र वार्षिक परीक्षाहरु स्थगित गरिएको छ ।
आज बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकलले ओमिक्रोन भेरिएण्टको तीब्र संक्रमणका कारण उपत्यका भित्र र बाहिरका विद्यार्थी, कर्मचारी एवं प्राध्यापक समेत संक्रमित भएकाले माघ ९ गतेदेखि अनिश्चितकालका लागि परीक्षा सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जनाएको हो ।
