अटोमोटिभ कम्पनी जैष्णवी ग्रुपले भर्खरै आफ्नो इलेक्ट्रिक बाइक नेपाली बजारमा ल्याएको छ । अन्य बाइकको तुलनामा धेरै अनौठो विशेषता भएको र न्यून ऊर्जा खपत गर्ने चिनियाँ इलेक्ट्रिक दुई पाङ्ग्रे सवारी उत्पादक कम्पनी बेन्ल्गसँग साझेदारी गर्दै ‘याक बाइक’ नामक इलेक्ट्रिक बाइक सार्वजनिक गरेको हो । यसले सवारीमा इन्धनको प्रयोग कटौती गरी नेपालको पर्यावरण मैत्री सवारी बनाउने लक्ष्य राखेको छ ।
कम्पनीले “स्मार्ट सिटी, स्मार्ट राइड” भन्ने नाराका साथ इलेक्ट्रिक बाइक याक बाइकहरू सार्वजनिक गरेको छ । कम आय भएका र बेरोजगार व्यक्तिहरूलाई केन्द्रित गरी ५०० जनासम्मको रोजगारी सिर्जना र तालिम समेत दिने कम्पनीले घोषणा गरेको छ । बाइकको डिजाइन नेपाली पूर्वाधार अनुसार गरिएको जनाइएको छ ।
जैष्णवी ग्रुपका प्रमुख कार्यकारी अधिकृत जोन खड्का र अध्यक्ष स्मृति पालिखेले विद्युतीय बाइक नेपाली बजारमा ल्याउने यो पहलले मुलुकको अर्थतन्त्रलाई टेवा पुग्ने मात्र नभई वातावरण संरक्षणमा समेत सहयोग पु¥याउने बताउँछन् । विश्वभरी अहिले दुई प्रकारका पर्यावरणीय चुनौतीहरूको सामना गर्दै गरेकोले प्राकृतिक स्रोत र जलवायुको प्रभाव तथा इन्धनको ह्रासबाट उत्पन्न हुने समस्यामा जुधिरहेका उनीहरुले बताएका छन् । जलवायु परिवर्तनबाट उत्पन्न हुने समस्या जसका लागि देश जिम्मेवार नभई भविष्यमा अझ गम्भीर हुन सक्ने असरको सामना गर्नुपर्ने हुन्छ ।
सरकार र आमजनताको याक बाइक जस्तै विद्युतीय सवारीहरूले किफायती र दिगोपन प्रदान गर्ने वैकल्पिक समाधान खोजिरहेका र इको–फ्रेन्डली ई–सवारी साधनहरूको प्रयोगले अहिले डिजिटल युगमा प्रवेश गरेको जनसङ्ख्याको समाधान प्रदान गर्ने अपेक्षा गरिएको छ । हरेक वर्ष ठूलो मात्रामा आयात हुने हुँदा नेपालले भोगिरहेको आर्थिक दबाबले आयातित तेलमाथिको नेपालको निर्भरता घटाउन विद्युतीय सवारी साधनले प्रमुख भूमिका खेल्न सक्ने भन्दै इ बाइक याक बजारमा भित्राइएको हो ।
विद्युतीय सवारी साधनमा अद्वितीय अवधारणा र कम्पनीको ईन्जिनियरिङ् प्रगतिको प्रशंसा गर्न लायक बाइक याक बाइकको मुख्य विशेषता भनेको यसको असाधारण डिजाइन र राइडको अनौठो स्टाइल नै हो । जसले प्रयोगकर्तालाई आराम प्रदान गर्ने कम्पनीको प्रयासलाई देखाएको पुष्टि गरेको छ । कम्पनीले काठमाडौं उपत्यकाका प्रमुख स्थानमा विद्युतीय चार्जिङ हब स्थापना गर्ने छ र जसले सवारी यात्रु र सर्वसाधारण दुवैलाई फाइदा पुर्योउने छ ।