शनिबार, आश्विन १७ गते २०८३

जलविद्युत कम्पनीलाई तत्काल आइपीओ निष्काशन गर्न दिन इप्पानको माग,नत्र आन्दोलनमा जाने

पौष २६, २०७८ सोमबार
जलविद्युत कम्पनीलाई तत्काल आइपीओ निष्काशन गर्न   दिन  इप्पानको माग,नत्र आन्दोलनमा जाने


नेपाल धितोपत्र बोर्डले पाइपलाइनमा रहेका २३ वटा जलविद्युत कम्पनीलाई एक साता भित्र आइपीओ निष्काशन कार्य अगाडि नबढाए इप्पानले आन्दोलन गर्ने बताएको छ । 

एक हप्ताभित्र जलविद्युत कम्पनीहरुको आइपीओ निष्कासनको अनुमतिको कार्य अगाडि बढाई निर्माणमा रहेका आयोजनाहरुलाई यथाशीघ्र सम्पन्न हुने वातावरण सिर्जना गरिदिन माग गरेको छ । एक हप्ताभित्र आइपीओ निष्काशनको वातावरण नबने थप सशक्त आन्दोलन गर्न बाध्य हुने जानकारी उसले गराएको छ ।

आइपीओ जारी गर्न आवेदन दिएर पाइपलाइनमा रहेका २३ जलविद्युत कम्पनीलाई तत्काल आइपीओ निष्काशनको लागि अनुमित दिन माग गरिएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल ९इपान०ले बोर्डका अधिकारीलाई भेटेर यस्तो माग गरेको हो । इपानले जलविद्युत कम्पनीहरुको आइपीओ निष्कासनको अनुमतिको कार्य तत्काल अगाडि बढाउन माग गरेको छ । आइपीओ जारी गर्नको लागि आवेदन दिएर पाइपलाइनमा रहेका जलबिद्युत कम्पनीहरुलाई धितोपत्र बोर्डले लामो समय भइसक्दा समेत कुनै सुनुवाई नगरेपछि इपानले सेबोनमा पुगेर यस्तो माग गरेको हो ।