शुक्रबार, कार्तिक ७ गते २०८३

महालक्ष्मी विकास र इजिलिंकबीच रेमिट्यान्स सम्झौता

पौष २३, २०७८ शुक्रबार
महालक्ष्मी विकास र इजिलिंकबीच रेमिट्यान्स सम्झौता

 

महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई रेमिट्यान्स सम्बन्धि विविध सुविधा प्रदान गर्नका लागि इजिलिंङ्क रेमिट्यान्स कम्पनीसँग सम्झौता गरेको छ ।

बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र ईजिलिंङ्क रेमिटेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डोल प्रसाद अर्यालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।


यस सम्झौता पश्चात विश्वका विभिन्न स्थानहरुबाट नेपाल भित्र बैंकिङ्ग च्यानल मार्फत आएको रकम तथा नेपाल भित्रका विभिन्न स्थानहरुमा रकमान्तरका लागि देशैभर छरिएर रहेका महालक्ष्मी विकास बैंकका १०३ वटा शाखाहरु मार्फत बैंकका ग्राहकले प्राप्त गर्न सक्नेछन् । त्यसैगरी महालक्ष्मी विकास बैंकका ग्राहकहरुले संसारको कुनै पनि स्थानबाट इजिलिङ्क रेमिट्यान्स मार्फत सोझै खातामा रकम जम्मा गर्न पाउनेछन् । 

बैकले हालसम्म २६ वटा रेमिट कम्पनीहरुसँग सम्झौता गरी ग्राहकहरुलाई रेमिटान्स सुविधा प्रदान गर्दै आईरहेको छ । यसका साथसाथै रेमिटेन्सबाट आएको रकमलाई थप एक प्रतिशत ब्याज प्रदान गर्ने विशेषता सहितको मुद्दति योजना संचालनमा ल्याएको छ । हाल यस योजना अन्तर्गत ११.२५ प्रतिशत वार्षिक व्याज प्राप्त गर्न सकिने कुरा बैंकले जनाएको छ ।