कोभिड–१९ को प्रभाव कम हुँदै जाँदा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपाली उद्योगहरूको क्षमता उपयोग बढेको एक अध्ययनले देखाउको छ । नेपाल उद्योग परिसंघले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपाली उद्योगहरूको क्षमता उपयोग ६ प्रतिशतले वृद्धि भएको हो । परिसंघको दोस्रो औद्योगिक अवस्थिति प्रतिवेदनअनुसार समीक्षा अवधिमा उद्योगहरू आफ्नो कूल क्षमताको ७०।५ प्रतिशत उपयोगमा चलिरहेका छन् । जुन गत आर्थिक वर्षको अन्तिम त्रैमासमा उद्योगको क्षमता उपयोग ६४।८ प्रतिशत थियो ।
अध्ययनअनुसार उत्पादनमूलक उद्योगहरूको आयमा पनि सुधार भएको छ । अघिल्लो आर्थिक वर्ष ०७७र०७८ को प्रथम त्रैमासको तुलनामा चालु आर्थिक वर्ष ०७८र०७९ को प्रथम त्रैमासमा उद्योगको आय वृद्धिदर ४१।१५ रहेको अध्ययनले देखाएको छ । अहिले पनि ६१।८ प्रतिशत उद्योगले ऊर्जाका लागि जेनेरेटर सञ्चालन गर्ने गरेको अध्ययनले देखाएको छ । यसले उद्योगको लागत मासिक ५ प्रतिशतले बढाएको पनि अध्ययनले देखाएको छ । अध्ययन भएको अवधिमा कृषि क्षेत्रका उद्योगले औसत ८।७ प्रतिशत, ऊर्जा क्षेत्रका उद्योगले औसत ७।७ प्रतिशत, उत्पादनमूलक उद्योगले औसत ८।७ प्रतिशत र सेवा क्षेत्रका उद्योगले औसत ८।२ प्रतिशत ब्याज तिरेका छन् ।
त्यस्तै, उत्पादनमूलक उद्योगहरूले आफ्नो चालू पुँजीको ५४।१ प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको अध्ययनले देखाएको छ । अध्ययनमा सहभागी भएकामध्ये ६१।७ प्रतिशत उद्योगीले नयाँ लगानीका लागि आफू तयार रहेको बताएका छन् ।