शनिबार, आश्विन १७ गते २०८३

पाँच महिनामा विकास खर्च ६.४६ प्रतिशत मात्र

पौष २, २०७८ शुक्रबार
पाँच महिनामा विकास खर्च ६.४६ प्रतिशत मात्र

चालु आर्थिक वर्ष ०७८/७९ को मंसिरसम्म आइपुग्दा पनि विकास खर्च सुधार हुन सकेको छैन । पाँच महिना बित्दा समेत विकास खर्च लक्ष्यको ६.४६ प्रतिशत मात्र पुगेको  छ । चालु आवमा सरकारले कुल विकास खर्च गर्ने लक्ष्य ४ खर्ब ३९ अर्ब ६५ करोड रुपैयाँ राखेको छ ।

यो रकम खर्च गर्न साउनबाटै हरेक महिना औसतःमा मासिक ३६ अर्ब रुपैयाँ विकासको काममा खर्च हुनु पर्छ । तर ५ महिनासम्मको प्रगति  कम्जोर देखिएको छ  । मंसिर मसान्तसम्म सरकारले  २८ अर्ब ४० करोड रुपैयाँ मात्र खर्च गर्न सकेको छ । 

अर्थमन्त्री जनार्दन शर्माले पूँजिगत खर्चको अवस्था सुधार गर्न सरकार असफल भएको भने स्वीकार गरे । पछिल्लो समय बैंकिङ प्रणालीमा चुलिएको तरलता अभावलाई पुँजीगत खर्चसँग समेत जोडेर हेरिएको छ । ५ महिनामा चालु खर्च भने साढे ३१ प्रतिशत भन्दा माथि पुगिसकेको छ ।