सोमबार, आश्विन २६ गते २०८३

जनहितकारी सहकारी संस्थाको २८औँ साधारण सभा, कुल सम्पत्ति १ अर्ब ६ करोड माथि


आश्विन २५, २०८३ आइतबार
जनहितकारी सहकारी संस्थाको २८औँ  साधारण सभा, कुल सम्पत्ति १ अर्ब ६ करोड माथि

सुर्खेत, वीरेन्द्रनगर–४, कालागाउँ, सुर्खेतमा रहेको जनहितकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष नवराज कँडेलको अध्यक्षतामा सम्पन्न सभामा राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य हरिहरनाथ योगी प्रमुख अतिथिका रूपमा सहभागी थिए ।

सभामा संस्थाका अध्यक्ष  कँडेलले आर्थिक वर्ष २०८२\०८३ को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८३\०८४ का लागि प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत  प्रस्तुत गरेका थिए । प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१र०८२ मा १० हजार ३६९ जना रहेको संस्थाको शेयर सदस्य सङ्ख्या यस आर्थिक वर्षमा २१७ जना नयाँ सदस्य थप भई १० हजार ५८६ पुगेको जानकारी  दिए । सदस्यहरूको निरन्तर विश्वास, सहभागिता र सहयोग नै संस्थाको विकास तथा सफलताको प्रमुख आधार रहेको उल्लेख गर्दै संस्थालाई थप सबल, सक्षम र उपलब्धिमूलक बनाउँदै उचाइमा पुर्‍याउन आगामी दिनमा पनि सम्पूर्ण सदस्यहरूबाट निरन्तर  सक्रिय सहभागिताको अपेक्षा गरे । साथै, संस्थाको नीति, कार्यक्रम तथा भावी योजनाहरूको प्रभावकारी कार्यान्वयनमार्फत सदस्यहरूको आर्थिक तथा सामाजिक हित अभिवृद्धि गर्दै संस्थालाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी, संस्थाका कोषाध्यक्ष सञ्जय योगीले आर्थिक वर्ष २०८२\०८३ को वित्तीय विवरण तथा आर्थिक वर्ष २०८३\०८४ का लागि प्रस्तावित वार्षिक बजेट प्रस्तुत गरेका थिए । प्रस्तुत विवरण अनुसार समीक्षा अवधिमा संस्थाको कुल शेयर पुँजी सात करोड ७३ लाख ४५ हजार रुपैयाँ कायम भएको छ भने कुल बचत तथा निक्षेप ८९ करोड ७२ लाख ७१ हजार र कुल ऋण लगानी ७६ करोड ३८ लाख १५ हजार् पुगेको छ । आर्थिक वर्ष २०८२\०८३ मा संस्थाको कुल सम्पत्ति दुई करोड ४३ लाख ५१ हजार वृद्धि भई १ अर्ब ६ करोड ७३ लाख पुगेको छ। यस अवधिमा कुल सम्पत्तिको वृद्धिदर २.३३ प्रतिशत रहेको छ। संस्थाको कुल आम्दानी १० करोड ५९ लाख ८० हजार कुल खर्च ९ करोड ७४ लाख ६९ हजार रहेको उल्लेख गरिएको छ। 

सभामा लेखा सुपरीवेक्षण समितिका संयोजक हिरालाल सुनारले आर्थिक वर्ष २०८२०८३ को आन्तरिक लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।त्यसपछि विभिन्न निकायबाट उपस्थित प्रतिनिधि तथा सदस्यहरूले संस्थाको प्रगति, आगामी कार्यदिशा र सहकारी क्षेत्रको सुदृढीकरणका विषयमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि  योगीले सहकारी संस्थाको सफल सञ्चालनका लागि सुशासन, नीति, विधि र प्रणालीको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको  बताए । योगीले बैंकिङ तथा वित्तीय कारोबारका क्रममा सर्वसाधारणले भोग्नुपर्ने कठिनाइ न्यूनीकरण गर्ने, संस्थामा सङ्कलित पुँजीलाई सदस्य तथा समुदायको हितमा परिचालन गर्ने, स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने र सदस्यहरूको आयआर्जन वृद्धि गर्न सहयोग पुर्‍याउने उद्देश्यका साथ सहकारी स्थापना गरिएको स्मरण  गरे ।

840070860_2197727301142636_3921023496921371532_n.jpg

 उनले  कठिन आर्थिक परिस्थितिमा समेत संस्थाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै वित्तीय सेवा प्रदान गरिरहेको र सदस्यहरूलाई लाभांश वितरण गर्ने दिशामा अघि बढिरहेको उल्लेख गरे । संस्थाको मूल आधार सुशासन भएको बताउँदै सञ्चालक, कर्मचारी र सदस्य सबै नीति तथा विधिको परिधिमा रहेर अघि बढ्नुपर्नेमा  दिए ।  सभाले सदस्यहरूको सक्रिय सहभागिता, रचनात्मक सुझाव तथा संस्थाप्रतिको अपनत्वलाई प्राथमिकता दिँदै आगामी दिनमा अझ व्यवस्थित, पारदर्शी र सदस्यकेन्द्रित सेवा प्रवाह गर्ने दिशामा अघि बढ्ने सन्देश दिएको छ।  सभाको  सञ्चालन संस्थाका सचिव यामराज गिरीले  गरेका थिए ।