काभ्रेको बनेपामा मुख्य कार्यालय रहेको श्री मनकामना बचत तथा ऋण सहकारी संस्थाको ३१औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाले तीन क्षेत्रमा एकाईगत साधारण सभाको आयोजना गरी बनेपामा निर्णय प्रमाणीकरण सभा सम्पन्न गरेको हो ।
सभामा संस्थाका अध्यक्ष गोपालप्रसाद घिमिरेले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको स्थापना, विकास र वर्तमान अवस्थाबारे जानकारी दिए । उनले संस्था २०५२ साल मंसिर १८ गते तत्कालीन सहकारी ऐन, २०४८ अनुसार दर्ता भई २६ जना सदस्यबाट सुरु भएको र आफ्नो विस्तार गर्दै हाल १० हजार ५४४ जना शेयर सदस्य आबद्ध गराउन सफल भएको बताए । आर्थिक वर्ष २०८२\०८३ सम्मको विवरण अनुसार संस्थाको कुल वासलात दुई अर्ब ३० करोड ५२ लाख ९८ हजार पुगेको छ । संस्थामा एक अर्ब ९२ करोड ९६ लाखबचत रहेको छ भने एक अर्ब ६९ करोड ९८ लाख ६५ हजार ऋण लगानी गरिएको छ । त्यसैगरी, संस्थाको शेयर पुँजी १६ करोड २४ लाख १४ हजार र संस्थागत पुँजी १७ करोड रुपैयाँ रहेको छ ।

संस्थाले तीन दशकभन्दा लामो यात्रामा सदस्य विस्तारसँगै आर्थिक कारोबारको दायरा पनि बढाउँदै लगेको छ । साधारण सभामा सचिव नवराज आचार्यले सचिवको प्रतिवेदन तथा कोषाध्यक्ष विकास शर्मा तिमल्सिनाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले वित्तीय कारोबारसँगै सामाजिक उत्तरदायित्व अन्तर्गतका गतिविधिलाई पनि निरन्तरता दिँदै आएको छ। समापन कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष बालकृष्ण दाहाल प्रमुख अतिथि तथा अध्यक्ष गोपालप्रसाद घिमिरे सभापति रहेको थियो ।
कार्यक्रममा संस्थाले विभिन्न विधामा उत्कृष्ट योगदान गर्ने सदस्य तथा कर्मचारीलाई सम्मान गरेको थियो। संस्थाका सबै शाखाका उत्कृष्ट बचतकर्ता र उत्कृष्ट ऋणीलाई सम्मान गरिएको थियो भने बाल बचतकर्तालाई पनि प्रोत्साहनस्वरूप सम्मान गरिएको थियो । त्यसैगरी एसईई उत्तीर्ण गर्ने शेयर सदस्यका छोराछोरीलाई समेत सम्मान गरिएको थियो ।

नेपालपत्र संवाददाता