सोमबार, आश्विन २६ गते २०८३

चमेली कल्याणकारी साकोसद्वारा जेष्ठ सदस्यको स्वास्थ्य परीक्षण तथा  सम्मान कार्यक्रम आयोजना


आश्विन २५, २०८३ आइतबार
चमेली कल्याणकारी साकोसद्वारा जेष्ठ सदस्यको स्वास्थ्य परीक्षण तथा  सम्मान कार्यक्रम आयोजना


 चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ सदस्यहरुको नि: शुल्क स्वास्थ्य परीक्षण तथा सम्मान कार्यक्रम आयोजना गरेको छ । संस्थाले गत  असार मसान्तसम्म ७० वर्ष उमेर पूरा  भएका र सदस्य बनेको ५ वर्ष अवधि पूरा गरेका  १८३ जना सदस्यहरु मध्ये १४४ जना ज्येष्ठ सदस्यलाई  सामाजिक सुरक्षा कोषमा योगदान गरेका सदस्यलाई योगदानका आधारमा सदस्य सम्मान स्वरुप रकम हस्तान्तरण गरेको छ ।

उक्त कार्यक्रमसँगै ज्येष्ठ सदस्यहरूलाई नि:शुल्क आँखा परीक्षण समेत गराई आवश्यक स्वास्थ्यसम्बन्धी सल्लाह तथा सुझाव प्रदान गरिएको थियो । उक्त कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष बद्रीप्रसाद चौंलागाईंको प्रमुख आतिथ्यता रहेको थियो। सो अवसरमा सामाजिक सुरक्षा कार्यविधिको वारेमा नि. वर्तमान अध्यक्षले जानकारी गराएका थिए । कार्यक्रम सञ्चालन संस्थाका सचिव प्रकाश न्यौपानेले गरेका थिए भने उपाध्यक्ष शालिकराम घिमिरेले स्वागत मन्तव्य राखेका थिए।

त्यसैगरी निवर्तमान अध्यक्ष प्रमोद घिमिरे, लायन्स क्लबका जिल्ला गभर्नर उद्धव सिलवाल तथा लेखा सुपरीवेक्षण समितिका संयोजक नवराज घिमिरेले मन्तव्य राखेका थिए।  संस्थाका अध्यक्ष मिठाराम न्यौपानेले उपस्थित सम्पूर्ण अतिथि, सदस्य तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन  गरेका थिए ।