अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले आकर्षक ’कर्पोरेट लन्च अफर’ ल्याएको छ । लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो । ग्राहकले चाहेको खानेकुरा सजिलैसँग घर र कार्यालयमा पुर्याउने लक्ष्य लस्कर फुड्सले लिएको छ । लस्कर फूड्सले हाइजेनिक किचेनको अबधारणालाई अघी सारेर कोर्पोरेट लन्च अफर ल्याएको हो ।
काठमाडौं उपत्यकाका कार्यालय अफिसलाई मध्यनजर गरी समयमा सस्तो मिठो हाइजेनिक खाजा खुवाउने लक्ष्य लस्कर फुडसले लिएको कम्पनीका प्रमुख कार्यकरी अधिकृत सुमन ओस्तीले बताए । लस्कर फुडसले यस अफर सँगै , अरु बिभिन्न अफर समेत ल्याएको छ । लस्कर फुड्सको प्रमुख आकर्शननै गुणस्तरीय खानेकुरा अनलाइन मार्फत घरघर अफिसमै उपलब्ध गराउने लक्ष्य रहेको छ । तोकेको समय सीमाभित्रै अर्डर गरिएका खानेकुरा डेलिभरी गर्नुनै लस्कर फुड्सको प्रमुख उद्देश्य हो ।
काठमाडौं उपत्यकाबासी व्यस्त हुने र अनलाइन इ–कर्मस, फुड डेलिभरीप्रति आम नागरिकहरुको आकर्षण बढ्दै गएपछी लस्कर फुडसले कोर्पोरेट लन्च अफर अघी सारेको हो । बजारमा दर्जनौं फुड डेलिभरी प्लेटफर्म रहे पनि लस्कर फुड्स तिनीहरुभन्दा भिन्न रहेको लस्कर फुडसका प्रमुख कार्यकरी अधिकृत ओस्तीको दाबी छ । प्रभु–पे, इसेवा, खल्तीका साथै क्यास अन डेलिभरीबाट विल तिर्न मिल्ने ब्यबस्था रहेको छ । ठमेल पकनाजोलस्थित रहेको लस्कर फुड्सको कार्यालयमा सिधैं फोन गरेर सेवाको बारेमा बुज्न सकिने कम्पनीका निर्देशक समीर चौलागाईं बताउँछन् ।