शनिबार, आश्विन १७ गते २०८३

सानिमा बैंकको २२औं साधारणसभा सम्पन्न,कुल सम्पत्ति १० प्रतिशतले वृद्धि


आश्विन १२, २०८३ सोमबार
सानिमा बैंकको २२औं साधारणसभा सम्पन्न,कुल सम्पत्ति १० प्रतिशतले वृद्धि


सानिमा बैंक लिमिटेडले  २२औं वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ । बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार २०८३ आषाढ मसान्तको साधारण शेयर पुँजीको १० प्रतिशत नगद लाभांश (कर सहित) र अग्राधिकार शेयर  पुँजीको  ८.२५ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

सर्वसाधारण  शेयरधनीहरुको तर्फबाट  तेज बहादुर चन्द र महेश घिमिरे २२औं वार्षिक साधारणसभाबाट संचालकमा निर्विरोध निर्वाचित हुनुभएको छ । आर्थिक बर्ष २०८२/८३ मा रु. ३.५५ अर्ब खुद मुनाफा गरेको  बैंकको कुल सम्पत्ति रु. २९१.२१ अर्ब, कुल निक्षेप रु. २४९.९३ अर्ब तथा खुद कर्जा सापटी रु २०३.९९ अर्ब रहेको छ । आर्थिक वर्ष २०८१/८२ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश: १०.८४ प्रतिशत, ११.१९ प्रतिशत र १०.५० प्रतिशतले बृद्धि गरेको छ ।

असार मसान्त बैंकको निष्क्रिय कर्जा २.८७ प्रतिशत,पुँजीकोष १२.८३ प्रतिशत,तरलता अनुपात ३०.६८ प्रतिशत र कर्जा निक्षेप अनुपात ८०. ७७ प्रतिशत रहेको छ ।