शनिबार, आश्विन १७ गते २०८३

सिटिजन्स बैंकले ल्यायो ५.९९ प्रतिशत ब्याजदरमा घर र सवारी कर्जा योजना


भाद्र २४, २०८३ बुधबार
सिटिजन्स बैंकले ल्यायो ५.९९ प्रतिशत ब्याजदरमा घर र सवारी कर्जा योजना

सिटिजन्स बैंकले ५.९९ प्रतिशत स्थिर ब्याजदर घर र गाडी किन्ने कर्जा दिने भएको छ । बैंकले ‘सजिलो घर कर्जा’ र ‘सवारीसाधन कर्जा’ योजना सार्वजनिक गर्दै ५.९९ प्रतिशतको स्थिर ब्याजरमा नै उक्त कर्जा दिने घोषणा गरेको हो । 

‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने नाराका साथ बैंकले घर कर्जामा ५ वर्षका लागि ५.९९ प्रतिशत स्थिर ब्याजदर कायम गरेको छ । त्यसैगरी, व्यक्तिगत सवारीसाधन कर्जामा ३ वर्षका लागि ५. ९९ प्रतिशत प्रतिवर्ष स्थिर ब्याजदरमा कर्जा दिने बैंकले जनाएको छ ।

यस योजना अन्तर्गत तोकिएको स्थिर अवधि घर कर्जामा ५ वर्ष र सवारी कर्जामा ३ वर्ष समाप्त भएपछि भने बैंकको प्रचलित औसत मासिक आधार दरमा १।५ प्रतिशत प्रिमियम थप गरी नयाँ ब्याजदर कायम हुने बैंकले जनाएको छ । यस कर्जा योजनाबाट लाभ लिन इच्छुक ग्राहकहरूले देशभर रहेका बैंकका कुनै पनि शाखा कार्यालयमा सम्पर्क गर्न सक्नेछन्।