शनिबार, आश्विन १७ गते २०८३

महाभारतको कथा एकजना अन्धा मानिसको जिज्ञाषाबाट शुरु हुन्छ


भाद्र १९, २०८३ शुक्रबार
महाभारतको कथा एकजना अन्धा मानिसको जिज्ञाषाबाट शुरु हुन्छ

Pictureosho.jpg   

रजनिश ओशो

गीताका बारेमा ओशोको ब्याख्या रोचक र महत्वपूर्ण छ । उनले महाभारतको एउटा अनौठो पक्ष देखाएका छन् कि महाभारतको कथा एकजना अन्धा मानिसको जिज्ञाषाबाट शुरु हुन्छ । छन् त अन्धा, तर नाम छ धृतराष्ट्र - राष्ट्रलाई धारण गर्ने !

          अनि महाभारतको पूरै कथा सञ्जयको आँखाबाट देखिएको छ र उनकै मुखबाट सुनाइएको छ । थाहा छैन धृतराष्ट्रको महलबाट युद्ध क्षेत्र कति टाढा थियो ? निश्चय नै, बालकोनीमा बसेर त त्यो संग्राम देखिदैनथ्यो होला ! जहाँ त्यो युद्ध भइरहेको थियो त्यस ठाउँलाई धर्म क्षेत्र भनिएको छ । धर्म क्षेत्रमा पनि यदि युद्धका लागि एकत्र हुनु पर्दछ भने त्यो त अधर्म क्षेत्र हुन गयो । पहिलै श्लोकमा सञ्जयले दुर्योधनको गतिबिधिका बारेमा बताइरहेका छन् । सञ्जय धृतराष्ट्रका नातेदार थिए भने त उनले उनका सेनाको स्थितिका बारेमा पहिला बताउने थिए ।

     दूर्योधनले द्रोणाचार्यलाई बताइरहेका छन् कि पाण्डबहरुका सेनामा कुन कुन महारथी, कुन कुन महायोद्धा जम्मा भएका छन् अनि के पनि बताइरहेका छन् भने भीमबाट रक्षित उनीहरुका सेनाको शक्ति बडो सबल छ । यो अत्यन्तै प्रतीकात्मक कुरा छ । साधारणतः शत्रुको प्रसंशाबाट कुरा शुरु हुँदैन त्यसको बिपरीत शत्रुको निन्दाबाट कुरा शुरु हुने गर्दछ । दुर्योधनको खराबीमा पनि यो एउटा असल कुरा देखिन्छ । खराब र असल मानिस पहिला पनि थिए । यस्तो होइन कि आज खराब मानिस बढ्न गए र असल मानिस कम हुँन गए ।

       तर आज राम्रोभन्दा राम्रो या असल मानिस पनि बाहिरबाट हेर्दा मात्र असल छ, भित्र त स्वय उ पनि आफु असल या राम्रो छु भन्ने कुरामा आश्वस्त छैन । जुन मानिसको भरोसा स्वयममा छैन उसको देखिने गरेको त्यो असलपना या राम्रोपना टिकाऊ या दीगो पनि हुनै सक्तैन । अलिकति धक्का खानासाथ उसको खराबी बाहिर निस्किहाल्छ । अनि जो खराब या नराम्रो मानिस आफ्नो खराबी हुँदाहुदै पनि आश्वस्त छ उसको त्यो खराबी कुनै दिन बद्लिन सक्तछ । यो कुरा महत्वपूर्ण छ कि दुर्योधन जस्तो नराम्रो या खराब मानिसले एउटा बहुतै शुभ किसिमले एउटा बहुतै शुभ किसिमले महाभारत युद्धको शुरु गरिदिए ।